थबाङ १ मा वडाध्यक्षको लागि ३ जनाको उम्मेदवारी


बिमल राज डाँगी/कात्तिक २७, थबाङ । थबाङ गाउँपालिका वडा नं १ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागी ३ जनाले उम्मेदवार दिएका छ्न ।

थबाङ गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यलयमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट जनक बहादुर बुढा मगर, नेपाली कांग्रेसबाट कलम बहादुर रोका मगर र स्वतन्त्रबाट भद्र कुमार झाक्रीले उम्मेदवारी दर्ता गराएका छ्न ।

जनक बुढा मनोनय दर्ताको लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट नेकपा ५ नं प्रदेश सदस्य कुमार दसौदी, रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, सचिव हरि प्रसाद घर्ती, थबाङ गाउँपालिका नेकपा अध्यक्ष रामधन रोका लगायत स्थानीय कार्यकर्ताहरु बाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेका थिए ।

कांग्रेसका जिल्ला सभापति अमरसिंह पुनसहित नेता अगुवा कार्यकर्ताहरू उम्मेदवारी दर्ता गराउन पुगेका थिए । त्यस्तै स्वतन्त्रबाट भद्र कुमार झाक्रीलेमुख्य निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।

झाक्रीले वडा नं १ कै कार्यवाहक वडा अध्यक्ष को रुपमा काम गर्दै आएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दिने पक्का भए पश्चात् झाक्रीले मङ्गलबार नै पदबाट राजिनामा दिएका थिए ।

वडा अध्यक्ष फर्क बहादुर बुढा मगरको गत असारमा मस्तिष्कघातका कारण निधन भएपछि थबाङ गाउँपालिका वडा नं १ मा वडा अध्यक्ष पद रिक्त भएको थियो ।

स्वर्गीय बुढा मगर स्वतन्त्रबाट उम्मेदवारी दिएर वडा अध्यक्ष बनेका थिए ।

२७ कार्तिक २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको