विप्लब नेकपाले भन्यो ‘थवाङ्गको उपनिर्वाचनमा हाम्रो उम्मेद्वारी छैन’


कार्तिक २७, थवाङ्ग । मङ्सिर १४ गते हुनगैरहेको उप निर्बाचनमा थवाङ्गबाट आफ्नो कुनै उम्मेद्वारी नभएको विप्लब नेकपाले स्पष्ट पारेको छ । स्थानीय तहको उपनिर्वाचनमा थवाङ्ग गाउपालिका-१ बाट विप्लब नेतृत्वको नेकपाले भाग लिएको भन्ने समाचार गलत नियतले प्रचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको नेकपा थवाङ्गले जनाएको छ ।

एक बक्तब्य जारिगर्दै दलाल संसदीय व्यबस्थाको बिकल्पमा बैज्ञानिक समाजबादी ब्यबस्था रहेको जिकिर गर्दै पार्टी र आम कार्यकर्ता बिचार र लक्ष्यबाट बिचलित नभएको जनाएको छ ।

अघिल्लो निर्बाचनबाट निर्बाचित भद्र झाँक्री लगायतका वडा सदस्यहरु प्रगतिशील रहेको तर नेकपाको सदस्य नरहेको बिज्ञप्तिमा उल्लेख छ ।

देशले सिमा गुमाउदै गरेको यो गम्भीर संकटको घडीमा नेकपाको अर्जुनदृष्टि राष्ट्रको स्वाभिमान, स्वाधीनता र सार्बभौमिकतामा रहेको नेकपा थवाङ्गले जनाएको छ । बैज्ञानिक जनबादी ब्यबस्था स्थापनाको लागि एकीकृत क्रान्तिमा लाम्बद्द भएको समेत जनाएको छ ।

यस्तो छ बिज्ञप्ति:

विप्लबको उम्मेद्वारी होइन – झाँक्री

वडा सदस्य भद्रकुमार झाँक्रीले सदस्यबाट राजीनामा दिएर बुधबार वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् । तर उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको जनाएका छन् ।

आफ्नो सामाजिक संजाल फेसबुक मार्फत स्पस्ट मार्दै आफ्नो उम्मेवारी विप्लब नेकपाको तर्फबाट नभई बिगत झैँ स्वतन्त्र उम्मेदवारको रुपमा रहेको जनाएका छन् । समाचारहरुमा आएजस्तो कुनै पार्टी बिशेष रहेर उम्मेद्वारी नदिएको आफ्नो फेसबुक मार्फत स्पस्ट पारेका छन् ।

गएको चुनावबाट निर्वाचिन अध्यक्षको असामयिक निधन भएपछी आफुले कावा अध्यक्षको कार्यभार सम्हाल्दै आएको र रिक्त स्थान पूर्ति गर्न स्वतन्त्र उम्मेदवारी मनोनयन गराएको जनाएका छन् ।

हेर्नु होस् उनको स्पस्टिकरण

२७ कार्तिक २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको