बिमल राज डाँगी/कार्तिक २७, थबाङ । राेल्पाकाे थबाङ गाउँपालिका वडा नम्बर १ मा हुन लागेकाे उपनिर्वाचनकाे लागि सर्वपक्षीय गोष्ठी तथा अन्तरकृया कार्यक्रम थबाङ गाउँपालिकामा सम्पन्न भएको छ ।
वडा अध्यक्ष पदको लागि मंसिर १४ गते हुने उपनिर्वाचनकाे लागि मंगलबार भएकाे अन्तरकृया कार्यक्रम गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीकाे प्रमुख आथित्यता र जिल्ला न्यायाधीश राम प्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको हाे ।
कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष घर्तीले उपनिर्वाचनलाई सबै मिलेर शान्ति पुर्वक सम्पन्न गर्नु पर्नेमा सबैले साथ दिन अनुरोध गरे । उनले बिरोध र विवादले समस्याको समाधान नहुने भन्दै उनले सहमती र सहकार्यबाटै अगाडि बढ्न आग्रह गरे
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश ज्ञवालीले पनि निर्वाचनलाइ सफल बनाउन आग्रह गरे । कार्यक्रममा उनले उपनिर्वाचनमा के कसरी भाग लिने ?उम्मेदवारी दिने प्रक्रिया, मत वदर न्यूनीकरण कसरी गर्ने ? मतदान प्रक्रिया, मताधिकार लगाएतको बारेमा जानकारी दिएका थिए ।
गोष्ठी कार्यक्रममा थबाङ गाउँपालिका उपाध्यक्ष राम किरणी रोका, वडा नम्बर १ का कार्यवाहक वडा भद्र झाक्री, वडा नम्बर २ का वडा अध्यक्ष वसन्त रोका, वडा नम्बर ३ का अध्यक्ष भिम बहादुर रोका मगर, विभिन्न दलका प्रतिनिधिहरु, सुरक्षाकर्मी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन जिल्ला निर्वाचन अधिकारी वसन्त भट्टराईले गरेका थिए ।
वडा नम्बर १ का वडा अध्यक्ष फर्क बहादुर बुढा मगरको गत असारमा मस्तिष्कघातका कारण मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुन लागेकाे हाे । स्वर्गीय बुढा मगर स्वतन्त्रबाट उम्मेदवारी दिएर वडा अध्यक्ष बनेका थिए ।
प्रतिक्रिया दिनुहोस