एनआरएनएको आयोजनामा मैत्रीपूर्ण गल्फ प्रतियोगिता सम्पन्न


असोज २६, काठमाडौं । गैर आवाशीय नेपाली संघ एनआरएनएको स्पोट्र्स कमिटीको आयोजनामा आइतबार काठमाडौंको गोकर्ण फरेष्ट गल्फ रिसोर्टमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ ।

एनआरएनको नवौं सम्मेलनका लागि काठमाडौं आइपुगेका बिभिन्न देशमा रहेका नेपालीहरु र काठमाडौंमा रहेका बिभिन्न क्षेत्रका गल्फ खेलाडीको प्रतियोगितामा सहभागिता रहेको थियो ।

हरेक सम्मेलनमा हुँदै आएको यस प्रतियोगिताको छैटौं संस्करणमा एनआरएनको एक टोली र नेपालका रहेकाहरुको एक टोली सहभागी भएका थिए ।

एनआरएनएको टोलीमा एनआरएनका पूर्व अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने, एनआरएनका कानूनी सल्लाहकार विश्वकान्त मैनाली, एनआरएनए स्पोट्र्स कमिटीका पूर्व अध्यक्ष नारायण गुरुङ, एनआरएनए बेलायतका पूर्व अध्यक्ष मेजर डम्बर घले, ओलम्पिक तेक्वान्दोमा पदक जित्ने एक मात्र खेलाडी विधान लामा, एनआरएनएका पूर्व कोषाध्यक्ष प्रितम श्रेष्ठ, एनआरएनए अमेरिकाका क्षेत्रीय उपसंयोजक एसी शेर्पालगायत १६ जनाको सहभागिता रहेको थियो ।

यसैगरी नेपाली टोलीको तर्फ भूपु मेजर जर्नेल दमन घलेको संयोजकत्वमा पूर्व प्रधानसेनापति प्यारजंग थापासहित सेना पूर्व विशिष्ठ अधिकारीहरुसहित बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा नेपाली टोलीबीचको प्रतिष्पर्धामा नेपाली सेनाका पूर्व मेजर जर्नेल एमबी कार्कीले उपाधि जितेका छन् । यस्तै द्धीतिय स्थान बीबी श्रेष्ठ र तेस्रो स्थान मेजर जर्नेल रामबहादुर गुरुङले प्राप्त गरेका छन् ।

यसैगरी लंगेष्ट ड्राइभ प्रभाकर अधिकारी, धेरै बडी गर्ने आरएम शेरचन र क्लोजेष्ट टु पिनमा महेन्द्र मैनाली पुरस्कृत भएका छन् ।
यस्तै एनआरएनए टोलीबीचको प्रतिष्पर्धामा लव गुरुङ (हङकङ) ले उपाधि जितेका छन् । यस्तै द्धीतिय स्थान डम्बर घले (बेलायत) र तेस्रो स्थान नारायण गुरुङ (अमेरिका) ले प्राप्त गरेका छन् ।

यसैगरी लंगेष्ट ड्राइभ ललित सुब्बा (हङकङ), धेरै बडी गर्ने प्रितम श्रेष्ठ (हङकङ) र क्लोजेष्ट टु पिनमा श्याम तामाङ (बहराइन) पुरस्कृत भएका छन् । एनआरएनको तर्फबाट प्रतिष्पर्धा गरि विजेता खेलाडीहरुलाई एनआएएनएको नवौं सम्मेलनको उद्घाटनको दिन पुरस्कृत गरिने कार्यक्रम तय भएको छ ।

विजेता र सहभागी खेलाडीहरुलाई नेपाली सेनाका पूर्व प्रधान सेनापति प्यारजंग थापाले पुरस्कार वितरण गर्नु भएको थियो भने प्रतियोगिताको संयोजनमा विशेष भुमिका खेले बापत मेजर जर्नेल दमन घले एनआरएनए स्पोट्र्स कमिटीका पूर्व अध्यक्ष नारायण गुरुङले विशेष पुरस्कार प्रदान गर्नु भएको थियो ।

२६ आश्विन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको