जापानमा शक्तिशाली आँधी, के छ अवस्था ?


असोज २५, काठमाडौं । जापानस्थित नेपाली दूतावासले त्यहाँ आएको शक्तिशाली आँधीबाट कोही नेपाली हताहत नभएको जानकारी दिएको छ ।

टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी आएको बताए ।

‘ जापानमा आएको शक्तिशाली आँधीबाट यहाँको राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेका छन् । हामी नेपाली समुदायसँग सम्पर्कमै छौं,’ उनले भने ।

जापानमा सन् १९५८ यताकै शक्तिशाली हगिबीस आँधीबाट आएको छ । जसबाट राजधानी टोकियो, नागान्यो, एमानासी, गुन्मा, सिजोओका, साइपामा, सानागावालगायतका क्षेत्र प्रभावित भएका छन् ।

दूतावासका अनुसार जापानमा करिब ९० हजार नेपाली रहेको छन् । २ सय १६ किलोमिटर प्रतिघन्टाको दरमा आँधीका आएको थिथयो । जसका कारण उद्योग, कलकारखाना र पसलहरू पनि बन्द छन् भने अधिकांश क्षेत्र जलमग्न भएको छ ।

आँधीका एक व्यक्तिको मृत्यु भएको छ भने झन्डै ५१ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

२६ आश्विन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको