भदौ २७, रोल्पा । प्रदेश नं ५ सरकार मार्फत रोल्पा जिल्लामा ‘स्मार्ट कृषि नमुना गाँउ’ छनोट भएको कृषि उत्पादनको हिसावले अगाडि रहेको गंगादेब गाँउपालिका ३ मनिमारे रोल्पामा अत्याधुनिक ‘कोल्डस्टोर’ निर्माण हुने भएको छ ।
अनुमानित कुल लागत २ करोड ६६ लाख रहने यस आयोजनामा प्रदेश सरकारको नगत सहयोग रु १ करोड ९३ लाख र समुदायको श्रमदान रु ६३ लाख बराबरको लगानिमा कोल्ड स्टोर निर्माण हुन लागेको अगुवा कृषक रामबहादुर खत्रीले जानकारी दिए । यहाँ उत्पादन हुने आलु, स्याउलाई स्टोरको अभावमा सडेर जाने वा सस्तो मूल्यमा बेच्नु पर्ने बाध्यता रहि आएको गुनासो समेत गरे ।
आयोनाको शिलान्यास गंगादेब गाँउपालिका अध्यक्ष बिरबहादुर खत्री र जिल्ला समन्वय समिति सदस्य लोकमान वलीले संयूक्त रुपमा गरेको वडाअध्यक्ष जलेक कुमार केसीले फेसबुकमा स्टाटस लेख्दै फोटो समेत पोस्ट गरेका छन । थप वडाअध्यक्ष केसीलाई सम्पर्क गर्दा टेलीफोन सम्पर्क हुन सकेन ।
आलु, स्याँउ र मार्फा रायो उत्पादनको राम्रो संभावना भएको र ब्यवसायीक रुपमा खेति गरि उत्पान गरिदै आएको गंगादेब गाँउपालिका ३ रोल्पालाई गएको बर्ष मात्र प्रदेश सरकारले नमुना कृषि गाँउमा छनोट गरि सोहि अनुसार काम गर्दै आइरहेको छन ।
स्थानियले यस क्षेत्रलाइ यूद्ध पर्यटन र कृर्षि पर्यटनको रुपमा सगसगै बिकास गरिनुपर्ने आवाज पनि उठाउदै आएका छन । यूद्धकालिन समयमा तत्कालिन नेकपा माओबादीका सबैभन्दा उच्च तहका नेता किमबहादुर थापा क. ‘सुनिल’ले यसै स्थानमा नेपाली सेनाको हवाइ आक्रमणमा बिरगति प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस