थबाङमा पहिरोमा परी दुईको मृत्यु, ४ जना बेपत्ता


भदौ २७, थबाङ । रोल्पाको थवाङ गाउँपालिका वडा नं २ छेर्लोबाङ झार्नैमा बिहीबार राति गएको पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ।

सोही घरमा बसेका अन्य चार जना पनि पुरिएको आशंका गरिएको छ । थवाङ २ का वडाअध्यक्ष बसन्त रोकाका अनुसार स्थानीय फिर कुमारी झाँक्री बुढामगरको घर पहिरोले पुरिँदा बुढामगर र उनका चार वर्षीय छोराको मृत्यु भएको हो।

अन्दाजी ४० बर्षे जया बुढा उनकी श्रीमती मुलज्योती बुढा र दुइ छोरीलाई पहिरोमा परि बेपत्ता भएको वडाअध्यक्ष रोकाले जानकारी दिए ।

दुईवटा घरगोठ र गाई, भेडाबाख्राहरु ठूलो संख्यामा पुरिएको आशंका गरिएको छ । घरको माथिको शहीदमार्गको सडक भासिएर पहिरो खसेको  बताइएको छ । ईलाका प्रहरी कार्यलय थबाङको एक टोली घटनास्थलतर्फ हिंडेको जिल्ला प्रशासन कार्यलय रोल्पाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले स्थानीय सरकारका जनप्रतिनिधि उद्दारमा खट्न निर्देशन दिएको बताएका छन । उनले राजैतिक दल र स्थानीय जनतालाई उद्दारमा सहयोग गर्न अपिल गरेका छन् ।

घटना स्थल सदरमुकाम लिबाङवाट करिब २५ कोस उत्तरमा पर्दछ । थप विवरण आउँन बाँकी ।

२७ भाद्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको