गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग ‘कनेक्सन’


भदौ २७, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रूपमा भेटघाट गरेको देखिएको छ।

यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहका नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको हो। थापा गत मंगलबार पक्राउ परेका छन्।

कारागारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विपीन ओझाले तत्कालीन माओवादी कार्यकर्ता तुलसी भन्ने व्यक्तिसँग आएर थापाले समीरमानसँग भेट गरेको पुष्टि गरेका छन्। ओझासँग थापाको पुरानो चिनजानसमेत थियो। आफू जगन्नाथ देवल कारागारमा ड्युटीमा रहेका बखत थापा समीरलाई भेट्न अएको ओझाले पुष्टि गरेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिएको बयानमा ओझाले समीर र थापाको भेट भएको उल्लेख गरेका छन्। ‘२/३ महिनाअघि उहाँ (थापा) आउनुभएको हो। उहाँ तत्कालीन माओवादीका कार्यकर्ता तुलसीको साथमा आउनुभएको थियो’, ओझाको बयानमा उल्लेख छ।

त्यसैगरी पक्राउ परेका मध्ये पवन खड्काले हाल फरार रहेका जावेद भनिने जावेद अनवरदिनलाई पटकपटक म्यासेज गरेर ‘हाम्रो कामको साथमा गृहमन्त्रीका भाइ नरेश थापा छन्, उनले हामीलाई बचाउँछन्’ भन्ने उल्लेख गरेका थिए। ‘हाम्रो काममा गृहमन्त्रीकै भाइ रहेका कारण डर मान्नुपर्दैेन, जेलमा गएर समीर दाइसँग पनि भेट गरेर आउनुभएको छ। ढुक्क भएर काम अघि बढाऔं भनेको हुँ’, पवन खड्काले बयानमा भनेका छन्, ‘हामीलाई यो काममा सहयोग गर्ने नरेशकुमार थापा नै हो।’

प्रहरी निरीक्षक ओझासँग थापाको चिनजान मन्त्रीनिवास जानेआउने क्रममा भएको थियो। ‘हरिहर भवनमा ड्युटीमा रहेका बेला उहाँसँग मेरो चिनजान भएको हो’, ओझाले बयानमा भनेका छन्। पवनसँगै पक्राउ परेका शैलेश प्रजापतिले पनि सोही प्रकारको बयान दिएका छन्। उनले आफ्नो फुड कोर्ट भन्ने खाजा पसलमा आएर थापाले ढुक्क भएर काम गर्नुस्, मेरो साथ छ भनेको बयान दिएका छन्। ‘उहाँ (थापा) मेरो खाजा पसल फुड कोर्टमा आउनुहुन्थ्यो। कुनकुन ठेकेदारसँग पैसा उठाउने र कतिकति लिने भन्नेबारेमा मेरै खाजा पसलमा योजना बनेको हो। उहाँसहित बनेको योजनाअनुसार दीपक गौतम, जयराज लामिछाने, लाक्पा गेलु शेर्पालगायतका ठेकेदारसँग पैसा उठाउने विषयमा कुराकानी भएको हो’, शैलेशको बयानमा उल्लेख छ।

त्यस्तै जेलमा रहेका मनबहादुर पुनको बयानअनुसार थापाले समीरमानलाई जेलमै पुगेर भेटेका थिए। भेटमा केके कुरा भएको भन्ने भने थाहा नपाएको पुनले बताएका छन्। समीरमानले भनेअनुसार कारागारमा कार्यरत प्रहरी जवान वीरबल भट्टराईले आफ्नै भतिजोलाई दुईवटा मोबाइल किन्न लगाएर एउटा समीरलाई र अर्को पुनलाई दिएका थिए। पुन पनि पूर्वप्रहरी भएको खुलेको छ। सिआइबीले ठेकेदार जयराम लामिछाने, दीपक गौतम, लाक्पा नुरु शेर्पासहित २५ जनाको सामूहिक जाहेरीको आधारमा आठजनालाई पक्राउ गरेको हो।

एकजना भने फरारछन्। पक्राउ पर्नेमा गृहमन्त्री थापाका भाइसहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, वीरबल भट्टराई रमनबहादुरपुन मगरछन्। भट्टराई प्रहरी जवान हुन्। उनी केन्द्रीय कारागारसुन्धारामा कार्यरत थिए। बाग्लुङका जावेद अनवरदिन भने फरारछन्। उनलाई फरारप्रतिवादी बनाएरमुद्दा दायरगरिएको छ। उनले दुबईमा बसेरइन्टरनेटमार्फत नेपाली व्यवसायीहरूलाई धम्क्याउँदै रकम असुलेको आरोप लगाइएको छ।

बाहिरबसेरपवन खड्काले नै नरेश थापा, जावेद रशैलेश प्रजापतिको ग्याङ बनाएका थिए। सुरेन नगरकोटी रमनबहादुरपुन मगरभने समीरमानसँगै जेलमा छन्। प्रहरीले उनीहरूलाई बयानका लागि बिहीबारकाठमाडौं जिल्ला अदालतमा लगेको भए पनि शैलेशसहित तीनजनाको मात्रै बयान सकिएको छ। अन्य प्रतिवादीको बयान आइतबारहुनेछ। प्रहरीसँगको बयानमा ठेकेदारहरू जयराम लामिछाने, दीपक गौतम रलाक्पागेलु शेर्पाले आफूहरूसँग समीररथापाको नाम लिएरपैसा मागेको, नदिए ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन्।

‘२०७५ फागुनको अन्तिमदेखि नै मलाई शेर्पा शेर्पाजी भन्दै ९८५१०२…५ नम्बरमा फोन गरी आफ्नो नाम नबताई धम्की दिएका हुन्’, शेर्पाको बयानमा उल्लेख छ। त्यसैगरी दीपक गौतमले पनि २०७५ फागुन २६ पछि निरन्तरअज्ञात नम्बरबाट फोन आएको रचन्दा मागेको, नदिए अपहरण गर्ने धम्की दिएको बयान दिएका छन्। ‘दिउँसोको समयमा फोन आउने गथ्र्यो, मैले प्रयोग गर्ने मोबाइल नम्बर९८५१०४…४ नम्बरमा गौतमजी भन्दै फोन आएको हो मैले चिनिनँ, तपाईं को हो भन्दा म तपाईलाई राम्रोसँग चिन्छु, तपाईंको कम्पनीले पाएको ठेक्काको ३ प्रतिशत रकम हामीलाई दिनुहोला, नदिए अपहरण गरी गौचनको हालत त थाहा होला नि’ भन्दै ध्म्क्याएको गौतमको बयानमा उल्लेख । गौतमले प्रहरीलाई कुराकानीको अडियो रेकर्डसमेत बुझाएका छन्।

गौचन ह’त्यामा अहिलेसम्म मुख्य योजनाकारसमीरमानसहित, राजीव स्याङ्तान, शिवजी महतो, मुकेशकुमारपाण्डे, प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, लोप्साङ लामा, अम्बरबहादुरराना, श्यामबहादुरगुम्बे ररोशन बुढाथोकी पक्राउ परिसकेका छन। सोही हत्यामा जोडिएका मनोज पुन भने २०७४ फागुन ९ गते रूपन्देहीको ‘इन्का’उन्टर’ मा मारिए।

हाल सो ह’त्याकाण्डसँग जोडिएका समीरमानको ग्याङमा गृहमन्त्री थापाका भाइ नरेश थापा पनि जोडिएको प्रहरीको दाबी छ। सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरञ्जनदत्त भट्टले यो मुद्दाको अगुवाइ गरेका छन्। सिआइबीले पक्राउ परेका थापासहितलाई आपराधिक लाभ (एक्सटर्सन) रसंगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो। बिहीबारसरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायरगरेपछि बयान सुरु भएको थियो।

२७ भाद्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको