बिमलराज डाँगी/साउन २८, थवाङ । जनयुद्धको उद्गमस्थलको रुपमा परिचित रोल्पाको थबाङ अहिले विकास क्रान्तिमा अघि बढिरहेको छ । पहिले थवाङ छुट्टै गाविस थियो ।
स्थानीय तह पुनर्संरचनासँगै साविकका थवाङ, मिरुल र उवा गाउँ विकास समितिलाई समेटेर थवाङ गाउँपालिका घोषणा गरिएपछि यो छुट्टै गाउँपालिकाको रुपमा स्थापित भएको हो । पालिकाको केन्द्र जनयुद्धको उद्गमस्थल थबाङमा रहेको छ ।
यो ठाउँलाई जनयुद्धकै क्रममा विकास निर्माणमा अघि बढाउने प्रयास गरिए पनि स्थानीय तहको निर्वाचनपछि विकास निर्माणले गति लिएको छ ।
स्थानिय सरकार आएलगैत थबाङ गाउँपालिका बासीको आशा अनुरुप नै विकासको बाटोमा गाउँपालिका अघि बढेको र यस गाउँपालिकामा बसोवास गर्ने जनताको आधारभुत आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, विधुत, पिउने पानी, खेलकूद, पर्यटन प्रवद्धन जस्ता विकासमा गाउँपालिकाले जोड दिएको छ ।
५५ प्रतिशत शाक्षरता रहेको यस गाउपालिकाका शिक्षासँगै खेलकूद, पर्यटकीय तथा धार्मिक क्षेत्रमा पनि विकास गर्ने थवाङ गाउपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताए । खेलकूद क्षेत्रमा विकास गर्ने उद्देश्यले खेलाडी र खेलप्रेमीहरुको लागि सहजहोस भनेर गाउँपालिकास्तरीय रङगशालाको निर्माण कार्य भइरहेको उनले बताए ।
धार्मिक एवम युद्ध पर्यटनको प्रचुर सम्भावना बोकेको यस गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका चरणबद्ध कार्यक्रम अघि बढाउने गाउँपािलकाले जनाएको छ । ‘हामी थवाङको ऐतिहासिक कायम गर्दै यसलाई विकास सञ्जालमा जोड्न चाहन्छौं’– अध्यक्ष घर्तीले भने ।
रोल्पा जिल्लाको सदरमुकाम लिबाङबाट उत्तरी भेगमा पर्ने यस गाउँपालिकामा स्थानिय सरकार आउनु भन्दा पहिले घोराही होलेरी सहिद मार्ग हुदै थबाङ र लिबाङ घर्तिगाउ हुदै थबाङ सम्म सडक सन्जाल जोडिए पनि साविकको उवा गाबिसस्थानीय सरकार आएपछि अघिल्नो वर्ष मात्रै सडक सञ्जालमा जोडिएको छ ।
नेपाली सेनाले फूलीवन नजिकै रहेको सिरक्याङ भीरको कडा चट्टान फोडेर सुलीचौर फुलिवन थबाङ सडक सञ्चालनमा ल्याएपछि थवाङ जान आउन थप सहज भएको छ । यो सडकपछि थवाङ पुग्ने पर्यटकको संख्या पनि बढ्न थालेको छ ।
थबाङ गाउपालिकाको वडा नं ३ मिरुल वाहेक अन्य सवै वडामा सन्चार सेवा पुगिसकेको र वडा नं ३ मिरुलमा नेपाल टेलिकमको टावर निर्माधिन अवस्थामा रहेको साथै केही महिनामै मिरुल पनि सन्चार सँग जाडिने अध्यक्ष घर्तीले बताए ।
गाउँपालिकामा यही उत्पादित लघु जलविद्युतद्धारा बत्ती बाल्दै आएकोमा केन्द्रीय प्रसारण लाइनमा जोड्न पनि पोल गाड्न शुरु गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस