भौतिक पूर्वाधार विकास मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश


साउन २८, काठमाडौँ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्री विरुद्ध पक्राउ आदेश जारी भएको छ ।

बैङ्किङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले सोमबार मन्त्री खत्रीसहित व्यवसायी राजु प्रसाद श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीश द्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले उक्त आदेश जारी गरेको हो ।

मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेका अदालतले ठहर गरेको छ ।

यो प्रकरणमा पाँचै जनाविरुद्ध बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइएको थियो । अदालतको आदेशमा मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई फरार अभियुक्त भनिएको छ ।

अन्य अभियुक्तहरू छबिलाल ढकाल, रणधिर तुम्बा र देवजंग शाहीलाई अदालतमा उपस्थित गराइएको थियो । उपस्थित भएका तीनैजनालाई बैंकिङ कसुर अन्तरगत अदालतले ६ लाख बराबरको धरौटी मागेको छ ।

२८ श्रावण २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको