साउन २८, पोखरा । पोखरा महानगरपालिका ३३ उपल्लो पूड़ी र तल्लो पूड़ीबाट करीब ५/६ सय क्युफिट सालको काठ लुकाएर राखेको अवस्थामा भेटीएको एक हप्ता बढी भएको छ । उक्त काठ एक विशेष सूचनाको आधारमा डीभिजन बन कार्यालय पोखराबाट गएको टोलीले बरामद गरेको हो ।
उपल्लो पूड़ीटारका केश बहादुर आलेको घरबाट र तल्लो पूडिटारका शंकर अधिकारीको घर छेउको अधिकारीकै बल्क कम्पनीमा राखिएको अवस्थामा काठ बरामद गरिएको बन कार्यालयबाट खटाइएका अधिकृत राम बहादुर बिकले बताए । केश बहादुर आले टोल विकास संस्थाका अध्यक्ष साथै स्कूल ब्यवस्थापन समितिका अध्यक्ष समेत हून् भने शंकर अधिकारी टोल बिकास, स्कूल ब्यवस्थापन साथै तल्लो पूड़ी सामुदायिक बनका अध्यक्ष समेत हून् ।
पूडिटार बरपौवा बाटो निर्माण गर्दा धारापानी सामुदायिक बनमा लडेका सालका रुख भित्री गठबंधनमा अबैध रूपले ब्यत्तिले लगेको धारापानीका एक स्थानियले बताएका थिए। समितिमा कुनै छलफल नभएको समेत उनले बताएका हून् ।
यसरी काठ बिक्री वितरण गर्नु अघि जिल्ला बनको सहमति साथै समितिको सहमति सहित टॉचा अनिवार्य लगाउनु पर्ने हुन्छ । तर उक्त काठमा कुनैपनी टॉचा नभएको पाइएको थियो।
यता बन कार्यालयका डीएफओ राम काजी गुरुंगले अनुसन्धान अधिकृत राम बहादुर बिकलाई सम्पूर्ण जिम्मेवारी दिएको बताए भने रामबहादुर आफुले काम कारवाही अगाडि बढाई रहेको जानकारी दिएका छन् । अनुसंधानको लागि सीडियोको सहायतामा अघि बढिरहेको र पहिलो, दोस्रो र तेस्रो पक्ष सँग बयान लिएपछि कुन किसिमको कारवाही गर्ने टुङ्गो लाग्ने उहाँको भनाइ थियो । जसमा शंकर अधिकारी र केसब आलेको बयान लीईसकेको समेत बिकले बताए ।
प्रतिक्रिया दिनुहोस