आदिवासी जनजाती महासंघ युएईको अध्यक्षमा महेश मोक्तान, महासचिबमा कुमार बलामी


साउन २८, दुबई । नेपाल आदिवासी जनजाति महासंघ युएईको गत जुलाई १९ तारीख शुक्रबार २०१९ महाधिवेशन निर्वाचन संयोजक डेर राज गुरुङको निर्वाचन समितिले युएई स्थित कञ्चनजंग रेष्टुरेन्टमा सम्पन्न गरिएको सातौं औं महाअधिवेशन बाट महेश मोक्तानको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन गरिएको थियो भने यही अगस्ट ९ तारिक दिन दुबईको कार्ल्टन ल्यालेस होटलमा २५ औ विश्व आदिवासी जनजाती दिवसका अवसरमा आयोजना गरिएको भब्य कार्यक्रम का बिच कार्यसमितीको घोषणा गरिएको थियो ।

महासंघको नयाँँ कार्यसमितिमा अध्यक्षमा महेश मोक्तान महासचिबमा कुमार बलामी निर्वाचित भएका छन भने वरिष्ठ उपाध्यक्षमा,वरिष्ठ उपाध्यक्षमा बिजयलक्ष्मी राई,उपाध्यक्ष यम घर्ती मगर,उपाध्यक्ष डि. बि. समर्पण मगर,महासचिवमा कुमार बलामी,सचिवमा भिम दोङ तामाङ,प्रबक्तामा फलेन्द्र बलाम्पाकी मगर,कोषाध्यक्षमा वाशुदेव चौधरी,सह-कोषाध्यक्षमा ज्ञान बहादुर तामाङ,महिला प्रमुखमा आङग माया शेर्पा र सदस्यहरुमा मनु गाहा मगर,सुनिल मान श्रेष्ठ,रबिन सुनुवार,पुर्ण बहादुर सुनुवार,धर्मराज महत्तो,खोर बहादुर महत्तो,खडक बहादुर भुजेल,उर्मिला भुजेल,डम्बर लिबाङ,दुर्यो धन राइ,प्रवीण गुरुङ,सांगी डोल्म गुरुङ र कमल लावती निर्वाचित भएका छन । निर्वाचित भएका सम्पुर्ण पदाधिकारीहरु लाई युएईका लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकालले प्रमाणपत्र सहित बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रम आदिवासी जनजाति महासंघ युएईका निवर्तमान अध्यक्ष पासाङ रिन्जी शेर्पाको सभापतित्व, युएई स्थित नेपाली राजदुतावासका महामहिम राजदूत कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने विशेष अथितीहरुमा नेपाली राजदुतावास युएईका श्रम सहचारी भेष बहादुर कार्की, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, आदिवासी जनजाति युवा महासंघका पुर्व उपाध्यक्ष मिना श्रेष्ठ, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कंडेल, नेपाली जन प्रगतिशील मञ्च युएईका अध्यक्ष बाबुराम बि.क, नेफेसो युएईका अध्यक्ष बाबुराम लोप्चान, विश्व सहयोग संगठनका अध्यक्ष गोभिन्द ढकाल जनसम्पर्क समिति युएईका अध्यक्ष खेमराज बस्नेत, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शशी सिलवाल, नेफिन युएईका संरक्षक समिति सदस्य महेश मोक्तान, नेफिन युएईका संरक्षक समिति सदस्य प्रमोद श्रेष्ठ, नेफिन युएईका संस्थापक सदस्य तथा तमु समाज युएईका संरक्षक राजु गुरुङ, नेफिन युएईका संस्थापक कोषाध्यक्ष तथा किराया युएईका संरक्षक एवं संस्थापक अध्यक्ष कटक राई र नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनालको उतस्थिती रहेको थियो।

त्यस्तै गरी अतिथिहरुमा तमु समाज युएईका अध्यक्ष उषा गुरुङ, नेपाल मगर संघ शाखा युएईका अध्यक्ष टंक बहादुर थापा मगर, किराँत राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङ राई , किराँत याक्थुङ चुम्लुङ युएईका अध्यक्ष नगेन्द्र कुरुङ्ग्वाङ्ग, नेवा पुच: युएईका अध्यक्ष लक्ष्मण श्रेष्ठ, शेर्पा किदुग युएईका अध्यक्ष निमा शेर्पा, थारु कल्याण्कारिणी सभा युएईका अध्यक्ष रुपेश चौधरी, प्रवासी भुजेल समाज सेवा समिति युएईका अध्यक्ष यम घर्ती, प्रवासी माझी समाज युएईका का.बा अध्यक्ष जोगमेहर माझी, सुनुवार सेवा समाज युएईका अध्यक्ष नर बहादुर सुनुवार,फोनिज युएईका का.वा.अध्यक्ष राजेश प्रधान, फोनिज युएईका सचिव मान सिङ गुरुङ, स्ट्यान्डर्ड मानक मिडिया संचालक मोहन बस्याल, किरात दर्पणका संचालक तथा फोनिज युएईका सदस्य तिलक साम्पाङ राई, प्रतिनिधि पत्रकार लोकपाटीका स्टार श्रेष्ठ , सैलुङ अनलाइनका संजिता मोक्तान र इपाथिभर अनलाइन तथा फोनिज युएईका सदस्य सुर्य खवास लगाएत युएईमा कार्यरत करिब १ हजार दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रम नेपाली राष्ट्रिय गीतकाे गुञ्जायमान संगै अतिथिहरुद्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरि उद्घाटन गरिएकाे थियाे भने कार्यक्रममा महासंघ आबद्ध जातीय संघसंस्थाहरुले आ-आफ्नो जातीय भेषभुषा , झांकी , नृत्य, सांस्कृतिक नृत्य सहित आ-आफ्नो समुदायको पहिचान झल्काउने गरि विभिन्न कला र आफ्नो जातीय सामाग्रीहरुको स्टल प्रदर्शन गरेको थियो

अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान,पहिचान सहितको संघीयताको लागि संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नारासहित नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघमा आबद्ध ११ जातिय संघसस्थाहरु तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किराँत राई यायोक्खा शाखा युएई, किराँत याक्थुङ चुम्लुङ युएई,नेवा पुच: युएई, शेर्पा किदुग युएई, थारु कल्याणकारिणी सभा युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, प्रवासी नेपाली माझी समाज युएई,सुनुवार सेवा समाज युएई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई र नेपाल आदिवासी जनजाति कलाकार संघ युएईको संयुक्त आयोजनामा गरिएको थियो । कार्यक्रम भब्य र सभ्य ढंगले सम्पन्न भएको महासंघले जनाएको छ ।

२८ श्रावण २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको