कस्तो छ आजको मौसम ?


साउन २८, काठमाडौं । देशका तराई भूभागमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको मंगलबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानमा रहेको छ।

मनसुनको न्यून चापिय रेखा पश्चिमी – उत्तरतिर सर्ने क्रममा छ। नेपालको पूर्वी भू-भाग नजिक एउटा न्युन चापिय प्रणालीको विकास भएकाले पूर्वी र मध्य नेपालमा यसको असर देखिनेछ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

मंगलबार दिउँसो देशका केही स्थानमा सामान्य बदली रही मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ।

राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ पूर्व,मध्य र पश्चिमका एक दुई स्थानमा मध्यम वर्षा हुनेछ। देशको पूर्वी र तराईका भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

२८ श्रावण २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको