बोलमायाका सपुत र शान्तिश्री ‘छिन्नलता नव प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत


असार २८, काठमाण्डौ । लोकगित क्षेत्रका निकै लोकप्रिय जोडी प्रकाश सपुत र शान्तिश्री परियार ‘छिन्नलता नव प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत भएका छन् । गत बर्ष सार्बजनिक भएको निकै लोकप्रिय गीत बोल मायाका गायक तथा गायिकालाइ २०७५ को छिन्नलता नव प्रतिभा पुरस्कार दिएको हो ।

सुक्रबार एक कार्यक्रमका बिच दुवै जनालाई यो पुरस्कार दिइएको थियो ।

मेरा लागि सबै भन्दा ठुलो पुरस्कार – सपुत

पुरस्कार पाएपछि गायक प्रकाश सपुतले आफ्नो सामाजिक संजालमा खुसि व्यक्त गरेका छन् । ‘छिन्नलता नव प्रतिभा’ अवार्डद्वारा पुरस्कृत भएपछी हालसम्म आफुले ग्रहण गरेका राष्ट्रिय स्तरका पुरस्कार मध्ये सबै भन्दा ठुलो पुरस्कार पाएको बताएका छन् ।

पुरस्कार पाएपछि उनले आफ्नी बाबाआमालाई सम्झिएका छन् ।

अग्रज नारायण रायमाझीलाई धन्याबाद दिंदै सम्झिएका छन्, र बोलामायाको सम्पूर्ण युनिटलाइ धन्यबाद दिएका छन् । सपूतले बोलामायाको सफलताको श्रेय श्रोता दर्शकलाई दिएका छन् ।

हेर्नुहोस उनको स्टाटस जस्ताको त्यस्तै:

गत वर्ष रिलिज भएको ” बोल माया “ गितबाट गायिका शान्ती श्रि जी र मैले छिन्नलता नव प्रतिभा पुरस्कार – २०७५ प्राप्त गरेका छौ । जुन मेरा लागि राष्ट्रीय स्तरमा प्राप्त गरेको अहिले सम्मकै ठुलो पुरस्कार हो । पुरस्कार गुठि प्रति कृतज्ञ ।

बाबाआमालाई पुरस्कार ग्रहण गरेको साक्षी राख्ने मन थियो । आमा खुसीले एक झप्का रुनुहुन्थ्यो होला पनि तर वर्खाको समयमा यात्रा जोखिमपुर्ण हुन्छ भनेर गाउ बाट आउनुस भन्न सकिन । जहा भएपनि बाबाआमा, बिन्दु, प्रविष्टि, भाईहरु सहित घरपरिवार आफन्त इष्टमित्र र गाउको प्रत्यक्ष माया र आशिर्वाद सधै छ ।

अग्रज आदरणिय नारायण रायमाझि सर, गायिका शान्ति जि , मोडल अन्जली अधिकारी जि, एरेन्जर कमल सौराग दाई, मान ब सर (मार्मिक स्टूडियो) , सह निर्देशक देबेन्द्र बब्लु, क्यामरा करण जि, सम्पादन प्रवीण जि , पोस्टर डिजाईनर पवन जि, आईटि राजेन्द्र सर लगायतको प्राविधिक टिम, व्यवस्थापक विराज दाई, सुनिल कान्छो , कार्यकारी निर्माता भाका नेपाल, सह निर्माता पृथ्वी थकाली दाई, सम्पुर्ण पात्रहरु सहित बोल मायाको टिमलाई यो पुरस्कार प्राप्त गर्नुको जस दिन चाहन्छु ।

सबै भन्दा बढि श्रेय तपाई दर्शक स्रोतालाई जान्छ । बोलमायालाई धेरै भन्दा धेरै माया दिनुभएकोमा धन्यबाद सहित यो खुसी सेयर गर्न चाहन्छु ।

गर्न धेरै नै बाकि छ । किनकि यात्रा भर्खर शुरुभएको छ । लौ मानम यात्रा कतै रोकिएछ भने पनि जीवनमा सन्तोष मान्ने एउटा गरुङगो पुरस्कार चै भयो । खुसी छु । र गलबन्दी नाईट कार्यक्रमका लागि २८ गते शनिबार झापाको विर्तामोड आउदैछौ । धन्यबाद ।

शान्तिश्री भईन भाबुक

पुरस्कार पाएपछि गायिका शान्ति श्रीले भाबुकता प्रकट गरेकी छन् । बोलमाया गीतबाट छिन्नलता गीत पुरस्कार पाउदा खुसिले मन भाबुक भएको बताएकी छन् । सम्मानले आफुलाई हौसला र जिम्मेवारी बोध भएको बताइन । शान्तिले पनि सफलताको श्रेय दर्शकलाई दिएकि छिन ।

छिन्नलता गीत पुरस्कार गुठी प्रती आभार व्यक्त गर्दै बोलामाया गीतको निर्माता तथा गायक प्रकास सपुतलाई समेत धन्यबाद दिएकि छिन ! सपुतले यो कालजयी गित गाउने अबसर नदिएको भए यति ठुलो पुरस्कार नपाउने समेत बताएकी छिन ।

हेर्नुहोस उनको भाबुक स्टाटस:

२०७५ सालमा रिलिज भएको बोल माया गीतबाट छिन्नलता गीत पुरस्कार द्वारा प्रकाश जि र मलाई प्रतिभा सम्मान मिलेको छ । आज यति ठुलो स्तरको पुरस्कारबाट सम्मानित हुन पाउदा खुशीले मन भाबुक भएर आयो । छिन्नलता गीत पुरस्कार गुठी प्रती आभार व्यक्त गर्दछु। दर्शक श्रोताले हाम्रो गीत सर्बाधिक मन पराइदिएरै आज यहाँ सम्म पुर्याउनु भएको हो, त्यसैले हजुरहरु सम्पुर्ण प्रति नतमस्तक छु।

प्रकाश जिलाई धेरै धन्यवाद छ। यो कालजयी गीत गाउन मलाई दिनु हुन्थेन भने आज यो पुरस्कार मेरो हातमा हुदैनथ्यो। त्यसैले हार्दिक धन्यवाद प्रकाश जी।

के हो छिन्नलता नव प्रतिभा ?

गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को स्मृतिमा २०३९ मा स्थापना गरिएको हो । यो पुरस्कार प्रत्येक वर्ष साहित्यकार छिन्नलताको जन्म जयन्तीको अवसरमा वितरण गरिन्छ ।

नेपाली सङ्गीत जगतमा छिन्नलता गीत पुरस्कार सबैभन्दा धेरै राशि भएको सङ्गीत पुरस्कार मानिन्छ । अन्य अवार्डजस्तो यसमा बाहिरी प्रतिस्पर्धा नभए पनि भित्र विभिन्न विद्वान सम्मिलित निर्णायकहरुले नेपालको गीत, सङ्गीत र गायनको क्षेत्रमा योगदान पुर्‍याएका वा आशालाग्दा पुस्तालाई एक साथ उभ्याएर पुरस्कार प्रदान गर्ने गरिन्छ ।

२८ असार २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको