त्रिशूली नदीमा ट्रक खस्यो, एकको मृत्यु, एकजना घाइते


असार २८, काठमाडौँ । त्रिशूली नदीमा ट्रक खस्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

फाइल तस्बिर 

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा ना ४ ख १७९६ नम्बरको ट्रक राति साढे एक बजे सडकबाट त्रिशूली नदीमा खसेको हो ।

ट्रकका चालक माधव थापा मगरलाई राति नै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । सहचालक दाङको घोराहीका अनिल गुरुङ बेपत्ता भएका थिए ।

उनको शव शनिबार बिहान निकालिएको मुग्लिन प्रहरीले जनाएको छ । माथिबाट खसेको ढुंगा छल्ने क्रममा ट्रक नदीमा खसेको हो ।

२८ असार २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको