सार्वजनिक यातायातको भाडा बढ्यो


जेठ ३०, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । बिहीबार बसेको यातायात व्यवस्था विभागको बैठकले सार्वजनिक यातायातमा भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।

फाइल तस्बिर 

असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए । उनले मालसामान र यात्रु बोक्ने दुबैथरी सार्वजनिक यातयातमा भाडा बढेको बताए ।

प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । उनले उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा न्युनतम् १५ रुपैयाँ हुने बताए । यसअघि न्युनतम १३ रुपैयाँ तोकिए पनि यात्रुसँग भने १५ रुपैयाँ नै लिइँदै आएको थियो।

प्राविधिक समितिको सिफारिसमा इन्धन र अन्य खर्चलाई तुलना गरेर वैज्ञानिक ढंगले बढाइएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । बढेको भाडा आगामी असार १ गदेदेखि लागू हुने बताइएको छ ।

२०७६ जेष्ठ ३०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको