अदालले छाडेलगत्तै नेता जीवन्त पुनः पक्राउ, दुई जनाले धरौटी बुझाउन मानेनन्


बैशाख ३०, काठमाडौं । सरकारले प्रतिबन्ध घोषणा गरेपछिको निर्णयको पहिलो निशानामा ने.क.पा.का पोलिटब्यूरो सदस्य एवं जनवर्गीय संगठनका ईन्चार्ज मोहन कार्की ‘जिवन्त’ लाई प्रहरीले सोमवार पुनः गिरफ्तार गरेको छ ।

काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिलगत्तै जीवन्तलाई प्रहरीले पुनः अदलत परिसरबाटै गिरफ्तार गरेको हो ।

राजद्रोहको मुद्धामा दुई महिनादेखि हिरासतमा रहेका नेता कार्कीलाई प्रहरीले सुनसरी लैजाने तयारी गरेको पारिवार स्रोतले जनाएको छ । चैत १ गते ललितपुरको च्यासलस्थित कोठाबाटै गिरफ्तार परेका उनलाई संखुवासभा हुँदै पुन काठमाडौं ल्याईएको थियो ।

काठमाडौंबाट पुनः पक्राउ गरी उनलाई सर्वोच्च अदालतमा भोलि (३१ गते) हुने बन्दी प्रत्क्षीकरणको बहस पहिलेनै कार्कीलाई अर्को मुद्धामा धरान लैजान लागेको खुलेको हो ।

यसअघि चैत्र २४ गते सर्वोच्च अदालतले राजद्रोहको मुद्धा खारेज गरेको थियो । त्यस लगत्तै संखुवासभामा हातहतियार, खरखजाना तथा बमविष्फोट, आगजनी र संगठित अपराधको मुद्धामा अदालतले बैसाख १७ गते साधारण तारिखमा छाडेपछि पुनः कमलपोखरी प्रहरीले पक्राउ गरेको थियो ।

नेता जीवन्त यसअघि गत साउन १० गते थानकोट नागढुंगाबाट अर्का पोलिटब्यूरो सदस्य कृष्ण धमला ‘गम्भीर’सहित यात्रुवाहक माइक्रोबसबाट गिरफ्तार परी काठमाडौं, काभ्रे, नुवाकोट, संखुवासभा, दाङलगायत जिल्ला कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आगजनी, संगठित अपराध मुद्दामा घुमाएपछि सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

यसैबीच, ७२ दिनदेखि प्रहरी हिरासतमा रहेका अखिल नेपाल क्रन्तिकारी किसान महासंघका अध्यक्ष राजु कार्की र ४५ दिनदेखि हिरासतमा रहेका अर्का नेता पुर्ण विकलाई अदालतले धरौटीमा छोड्न फैसला गरेपनि पुनः गिरफ्तार हुने भएपछि उनिहरुले धरौटी नतिरी जेलमै बस्ने निर्णय गरेका छन् ।

अदालतले कार्कीलाई २० हजार र विकलाई दश हजार धरौटीमा छड्न आदेश दिएको थियो । उनिहरुलाई भद्रबन्दी गृह सुन्धारामा राखिएको छ । कार्की तथा विकलाई पनि राजद्रोह, हातहतियार तथा खरखजाना मुद्धामा प्रहरीले गिरफ्तार गरेको थियो ।

३० बैशाख २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको