अपमानजनक एवं बदनियतपूर्ण ढंगले अध्यक्षमाथि दुर्व्यवहार गरियो: समाजवादी पार्टी


बैशाख ३०, काठमाडौँ । संघीय समावादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले पत्रकार आचार संहिताविपरित प्रश्न सोधिएको पार्टीले बताएको छ ।

आइतबार राति ९ बजे एभिन्यूज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको अन्तवार्ताको क्रममा पत्रकारले अभद्र र पूर्वाग्रही तरिकाले प्रश्न सोधिएको भन्दै पार्टीको उक्त घटनाको घोर निन्दा गरेको छ ।

पत्रकारिता जगतको नै मानमर्दन हुने गरी अपमानजनक एवं बदनियतपूर्ण ढंगले यादवमाथि भएको यस्तो दुव्र्यवहारको घोर निन्दा एवं भत्र्सना गर्ने पार्टीका केन्द्रीय कार्यालयका उपमहासचिव प्रकाश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीले आइतबार राति एभिन्यूज टेलिभिजनको कार्यालयमा भएको दुःखद घटनालाई लिएर कार्यकर्ताहरुलाई उत्तेजित नहुन निर्देशन समेत दिएको छ ।

विज्ञप्तिमा मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आउनु भएका अध्यक्ष यादवसहित समाजवादी पार्टी नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सधैँ सम्मान गर्दै आएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, आइतबार राति एभिन्युज टेलिभिजनको कार्यालयमा भएको दु:खद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एंव आम कार्यकर्तालाई निर्देश गर्दछौं ।’

यता समाजवादी युवा नेपालले समेत टेलिभिजनको स्टुडियोभित्र गरिएको सञ्चार आचारसंहिता विपरित, अमर्यादित र क्षुद्र व्यवहारप्रति गम्भीर ध्यानकषर्ण भएको जनाएको छ ।

युवा नेपालका सह–इन्चार्ज फिरोज मसंूरद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘सम्बन्धित सञ्चार संस्था, प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ नेपालसँग यस्ता व्यवहार गर्ने पत्रकारलाई अनुशासनको कारबाहीको लागि माग गर्दछ ।’

अन्तर्वार्तामा उपप्रधानमन्त्री यादव र अन्तर्वार्ता प्रस्तोताबीच सामान्य भनाभन भएपछि यादव बीचमै माइक निकालेर कार्यक्रमबाट बाहिर निस्किएका थिए ।

सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भइरहेको छ । भिडियो भाइरल भएपछि सोमबार नै एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ ।

३० बैशाख २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको