बिष्णु माझीको अर्को चर्चित गीत ‘साह्रै मन अत्याउने’ले चर्चा बटुल्दै [भिडियो]


बैशाख, काठमाडौँ । लोकप्रिय गायिका बिष्णु माझीको अर्को लोक गीत “साह्रै मन अत्याउने”ले चर्चा बटुल्दै गएको छ ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा निकै चर्चाको शिखरमा रहेकी बहुचर्चित गायिका बिष्णु माझी र विक्रम मल्लले स्वर भरेको उक्त गीत मे २ तारिकमा ‘मण्डली टिभी नेपाल’ युटुब च्यानलमा अपलोड गरिएको गीत आज दिउँसोसम्म ६ लाख भन्दा बढीले हेरिसकेका छन् ।

“कहिलेकाही त साह्रै मन अत्याउने,
सबैले गर्छ मायाका कुरा
आफू सोझो भएर होला
अहिलेसम्म कोही छैन पत्याउने“

युवा गीतकार प्रदिप अधिकारीको उत्कृष्ट शब्द संयोजन रहेको छ भने ध्रुवराज धितालले संगीत भरेका छन् । सर्वाधिक हिट गीत “सालको पात टपरीमा” अभिनय गरेकी मोडल तथा डान्सर मरिष्का पोखरेलले यो गीतको भिडियोमा पनि निकै नै लोभलाग्दो अभिनय गरेको भिडियोमा देख्न सकिन्छ ।

मरिष्कालाई भिडियोमा मोडल विनोद न्यौपानेले साथ दिएका छन् भने सयौं कोरस कलाकारहरुको पनि उत्कृष्ट अभिनय रहेको छ । दिपेन्द्र तिमल्सिनाको निर्देशनमा नवराज उप्रेतीले खिचेको भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् ।

२०७६ बैशाख ३०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको