पूर्वराजाले नयाँ बर्षको शुभकामाना दिँदै किन गरे यस्तो प्रश्न ?


चैत ३०, काठमाडौँ । नेपाली जनताका लागि मानवोचित सुख र शान्ति प्राप्त हुन नसकेको दावी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले यस्तो अवस्थामा जनतालाई कहिलेसम्म राखिरहने भन्ने प्रश्न गरेका छन्।

नयाँ बर्ष २०७६ को उपलक्ष्यमा देशसवासीका नाममा शनिबार शुभकामना सन्देश दिने क्रममा पूर्वराजा शाहले यस्तो प्रश्न गरेका हुन्।

‘लाखौँ नेपाली काम, माम र दामका निम्ति विदेशाी भुमिमा भौतारिनु पर्ने अवस्था’ रहेको दावी गर्दै उनले प्रश्न गरेका छन्, ‘देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने यस्तो नाजुक अवस्था अझै कति रही रहने?’

राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा आफू रहेको बताउँदै उनले जनताको घर दैलोमा पुग्दा जनताका अनगिन्ती समस्या र दुर्दान्त पीडा पाएको उल्लेख रेका छन्।

उनी भन्छन्, ‘विगतमा सबैबाट भएका कमी–कमजोरीको आत्मसमीक्षा गरी मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र एक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन।’

३० चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको