चैते दशैं पर्व मनाईंदै


चैत ३०, काठमान्डौ । चैत अष्टमी अर्थात चैते दशैं पर्व आज हिन्दू धर्मावलम्बीले दुर्गा भवानीको पूजा आराधाना गरी मनाउँदैछन् । आज काठमाडौं लगायत मुलुकका विभिन्न शक्तिपीठ तथा मन्दिरमा शक्तिस्वरुपा भगवतीको दर्शनार्थ बिहानै देखि भक्तजनहरुको घुँइचो लागेको छ ।

चैत र असोजमा गरी वर्षमा दुई पटक गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्र उल्लेख छ । असोजमा मनाईने वडा दशैं भन्दा कम महत्वको मानिए पनि चैते दशैंको दिन पनि देवीको मन्दिरमा बलि दिने र पूजा आरधना गर्ने गरिन्छ ।

शक्तिस्वरुपा भगवतीको आरधना गर्नाले जस्तोसुकै संकटबाट पनि पार पाउन सकिने सप्तशती, चण्डी, देवीभागवत, कालिकापुराण आदिमा उल्लेख छ । चैते दशैंको दिन काठमाडौंका दक्षिणकाली, शोभा भगवती, गुहृयेश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थान लगायतका शक्तिफिठमा दर्शनार्थीको घुँईचो लागेको छ ।

दानवीय शक्तिमाथि दैवी शत्तिको विजय उत्सवका रुपमा मनाईने चैते दशैंमा विभिन्न शक्तिपीठहरुमा पशुवली दिने गरिन्छ ।

३० चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको