कालिकोटका डिएसपी भन्छन् ‘बच्चादेखि बृद्धासम्म विप्लव छन् कसलाई समात्नु, राख्ने जेलै छैन्’


फाल्गुन २९, कालिकोट। सरकारले बिप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि सुरक्षा बिषयमा थप समस्या हुने देखिन्छ । पछिल्लो चरण देशभर बिप्लवको प्रभाव राम्रो देखिन्छ ।

देशभर संगठन निर्माण दौडाहमा ब्यापक बनाएको नेकपाले जनमत पनि त्यहीअनुसार जुटाएको छ ।गाउँगाउमा बच्चा देखि वृद्द सम्म विप्लब माओबादि प्रति झुकाव देखिन्छ ।

यस्तो परिस्थितिमा सुरक्षा कर्मीलाई पनि उनीहरु माथि कसरि कारबाही चलाउने ? कारबाहीका लागि जेलको व्यवस्था कसरि गर्ने भन्ने बिषय नै चुनौतिपूर्ण छ ।

कालिकोट प्रहरीका अनुसार विप्लव माओवादीले प्रहरी कार्यालयहरूलाई निशाना बनाउन खोजेको छ।‘उनीहरूसँग प्रशस्तै हतियार छन् र प्रहरीबाट हतियार लुट्ने योजना बनाइरहेको सुनिन्छ, तर वास्तविकता के हो हामी अनुसन्धान गरिरहेका छौं,’ डिएसपी शर्माले भने।

कालिकोटमा ६ वटा गाउँपालिका, ३ नगरपालिका छन्। जिल्ला प्रहरीसहित पन्ध्र वटा युनिट छन्, ३५० जनाको दरबन्दी छ।यहाँ हरेक घर विप्लव माओवादीका कार्यकर्ता छन्।

बच्चा यूवादेखि वृद्धवृद्धासम्म विप्लव नेकपा का कार्यकर्ता छन्।‘विप्लव माओवादीका कार्यकर्ता पक्रने हो भने यहाँको जेलले थाम्दैन, तीन वटाजति स्कुल चाहिन्छन्,’ डिएसपी शर्मा भन्छन्। यता राज्यले विप्लबको राजनीतिमाथि प्रतिबन्द लगाए पछि प्रहरी धरपकड तथा गिरफ्तारीमा तल्लिन देखिन्छ । तर पकडेर कहाँ राख्ने भन्ने बिषय राज्यको लागि नै मुख्य चुनौती बनेको छ ।

नेपालको बिकट ठाउ तथा सुदुर पश्चिमको कालिकोट जिल्ला विप्लव नेकपाकाे गढ हो । यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृह जिल्ला कालिकोट सुरक्षा दृष्टिले निकै ‘संवेदनशील’ बनेको छ।विश्वकर्माको घर नरहरिनाथ गाउँपालिका वडा नं. ६ मालकोट हो।

उनले मालकोटमा ‘चुनौतीपूर्ण प्रभाव’ विस्तार गरेका छन्। मालकोटमा २१०० वर्गफिटको सहिद स्मृति भवन र पार्टी हेडक्वार्टर कार्यालय बनाउन थालिएको छ।हेडक्वार्टरसम्म पुग्न १६ किलोमिटर बाटो खन्न थालिएको छ। खुलालु–लालु–मालकोटसम्म १४ किलोमिटर सडक विप्लव माओवादीले खनिरहेको प्रहरीले जनायो।

यो कालिकोट सदरमुकाम मान्मबाट ११ किलोमिटर टाढा कर्णालीपारिको भू–भाग हो। सदरमुकामबाट कर्णाली नदीसम्म बाटो छ। तर, कर्णालीपारि बाटो छैन। कर्णाली नदीमा पुल बन्दैछ। नदीबाटै डोजर पार गराएर विप्लव नेकपाले बाटो खन्न थालेको थियाे ।

विप्लव नेकपाले झन्डै पाँच करोड लागतमा सडक खन्न थालेको हो। सात किलोमिटर सडक खनिसकिएको छ। सवा करोड मूल्य पर्ने दुई वटा डोजर बाटो खन्न ल्याइएको छ। बम बिस्फोट, चन्दा–आतंक बढेपछि अहिले सडक र पार्टी हेडक्वाटर भवनको निर्माण प्रहरीले रोकिदिएको छ।

‘यी सबै कार्य विश्वकर्माकै अगुवाइमा भइरहेका छन्, सडक र भवन निर्माण रोकिदिएका छौं,’ कालिकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद शर्माले भने, ‘विप्लव माओवादीबाट प्रहरीलाई चुनौती दिने काम भइरहेको छ, हामीले उनीहरूको अभियान सफल बन्न दिएका छैनौं’ सेतोपाटीमा समाचार छ ।

‘उनी कालिकोट नै छन् भन्ने सूचना छ, हामी खोजी गरिरहेका छौं,’ डिएसपी शर्माले भने।कोही पनि सदरमुकाम टेक्न सकेका छैनन्, अर्धभूमिगत रूपमा गाउँ–गाउँमा खटिन्छन्,’ शर्माले भने, ‘नवीन बिक अत्याधिक खोजीमा छन्।’

२९ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको