झापाली समाज युएईले नयाँ वर्ष मनाउंदै


फागुन २९, युएई । ‘एकता सहयोग र सहकार्य’ भन्ने मुल मन्त्रलाई अघि सार्दै २०१५ मा स्थापना भएको झापाली समाज युएईले नेपाली नयाँ वर्षमा भव्य साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

समाजको क्षेत्रीय समिती दुबई र युबा खेलकुद तथा साँस्कृतिक बिभागले संयुक्त रुपमा नेपाली हरुको नयाँ वर्षको हर्ष उल्लासको समयलाई लक्षित गर्दै सास्कृतिक साँझ धमाका रमाइलो साँस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

विभिन्न बाध्यात्मक परिस्थितिले बिदेसिनु परेको प्रवासी नेपालीहरुका पिडालाई भुल्नको लागि नेपाली गीत संगितलाई माया गर्ने दर्सकहरुलाई मनोरञ्जन गराउने उदेश्यले यो कार्यक्रम गर्न लागिएको समाज का दुबई क्षेत्रीय अध्यक्ष सनम दंगालले बताउनु भएको छ।

देरा दुबईमा रहेको पर्ल क्रीक होटेलमा १२ अप्रिल २०१९ मा दिउँसो को १:३० बजे उक्त कार्यक्रम को आयोजना गर्न लागिएको युवा खेलकुद तथा सास्कृतिक बिभाग का सम्योजक पारस लामाले जानकारी दिनु भएको छ ।

कार्यक्रममा वैदेशिक रोजगारको क्रममा युएइमा रहेर नेपाली गीतसंगित प्रतिको प्रेमलाई निरन्तरता दिइरहेका र नेपाली साङ्गितिक क्षेत्रलाई माया गर्ने नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहनेछन ।

हप्ताभरी काम गरी १ दिन मिलेको फुर्सदको समयलाई मध्यनजर गर्दै र हप्ता भरिको थकान मेटाउने र रमाइलो गर्न झापाली समाजको यो कार्यक्रममा कुनै कसुर नछाड्ने युबा खेलकुद तथा साँस्कृतिक बिभाग प्रमुख पारस लामाले जानकारी दिएका छन् ।

करिब ३०० दर्सकको क्षमता रहेको उक्त हलमा दर्सकको समेत उल्लेख्य उपस्तिथिको लागि आयोजकले अनुरोध समेत गरेका छन् ।
यस कार्यक्रम भब्य र सभ्य रुपमा सफल पार्नको लागि युएईमा रहेका इच्छुक नेपालीहरु र विभिन्न जिल्ला समाज विभिन्न संघसंस्था, जातीय समुदायलाई समेत आह्वान गरिएको र उक्त दिन कुनै पनि कार्यक्रम नजुधाइदिन झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईंले अनुरोध समेत गरेका छन् ।

२९ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको