आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन: प्रधानमन्त्री


फागुन २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपालाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् ।

सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय गरिएको बताए ।

नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसमा प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ । तर, आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन ।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि पत्र आएको, पैसा मागेको सुनेको भन्दै उनले चन्दा नदिन आग्रह गरे । उनले भने, ‘नडराउनुस्, लुटेराहरुलाई लुट्न नदिनुस् ।’

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयतर्फ संकेत गर्दै उनले विध्वंशकारी क्रियाकलाप गर्नेहरुलाई कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय भइसकेको बताए । प्रधानमन्त्री ओलीले भने, त्यो सरकारले गर्छ ।’

२९ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको