स्थानियले गरे कंलकी-नागढुगां सडक एकैदिन दुई स्थानमा अवरुद्ध (फोटोफिचर)


फागुन २९,काठमाडौँ । धुलो-धुँवाका कारण समस्यामा परेको भन्दै स्थानीयले गरेको कलंकी नागढुंगा सडक अवरोध गर्दे विरोध प्रर्दशन गरेका छन् ।

धुलोका कारण समस्यामा परेको तर सरकारी निकायबाट कुनै पहल नभएको भन्दै चन्द्रगिरिस्थित कंलकी नागढुंगा सड खण्ड अन्र्तगत विधुत प्राधिकरण गेट नजिक र थानकोट आसपासका स्थानीयले दुबैतर्फका सवारी ठप्प पारेका हुन ।

लामो समयसम्म सडक निर्माण कार्य सम्पन्न नहुँदा धूलो, धुवाँ र हिलोको मारमा परेका स्थानीयले करिब दुई घण्टा सडक अवरोध गरि वन्द गर्नु परेको स्थानिय समाजसेवी उत्तम कार्कीले वताए ।

सडक बनाउने ठेकेदारको लापरवाही र सडकमा पानी समेत नहालेको भन्दै स्थानियहरुले सडकमा स्थानियहरु विचवाटोमै वसेर सडक अवरोध गरेपछि स्थानिय र सुरक्षाकर्मी बिच केहि बेर विवाद समेत भएको थियो ।

नागढुंगा कलंकी सडकमा अवरोध हुँदा त्रिभुवन राजपथ समेत सवारी आवागमनमा समस्या देखिएको हो । करिब ४५ मिनेटको अवरोध पछि अहिले दुबैतर्फको सवारी आवात-जावत सुरू भएको ट्राफिक प्रहरी चौकी कलंकीका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए ।

स्थानियहरुले सडक वन्द गरेपछि वार्तामार्फत समस्याको समाधान गर्न चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरी, महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक शकंर खड्का र शैलुङका प्रतिनिधि विच दैनिक तीन पटक पानी हाल्ने सहमती भएको छ ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले चाडो भन्दा चाडो घरहरुले अवरोध नभएको स्थानमा छिटो पिच गर्नु पर्ने र धुलो उडेको स्थानमा पानी हाल्नलाई ठेकेदार पक्ष संग सहमती भएको जनाकारी दिए ।

निमार्ण कम्पनीका प्रतिनिधिका अनुसार कंलकी नागढुगा विस्तारले गति लिई रहेको र पिच गर्न कार्य तिर्व रुपमा गरिएको कारण धुलोको समस्या केहि महिनामा हल हुने वताए । गुणस्तरीय सडक निमार्ण गर्न धुलो उडाउनु पर्ने प्राविधिक समस्या विस्तारै सहज भएर जाने वताए । प्राविधिक जटिलता भएको स्थानमा पिच नगर्ने ठाउँमा पानी हाल्ने जानकारी दिए ।

यसअघि पनि स्थानीयहरुले बेला(बेलामा धुलो उडेको भन्दै प्रदर्शन गर्ने गरेका थिए । स्थानीयको प्रदर्शन पछि धुलो मार्न दैनिक पानी हाल्ने गरिए पनि समस्या समाधान हुन नसकेको भन्दै उनीहरुले मंगलबार सडक जाम गरेका हुन् ।
१२ मिटर चौडाइसहित ४ लेनको सडक निर्माण गर्ने भनिए पनि अहिले दुईतर्फी सवारीसाधन नै एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत करिब साढे १२ किलोमिटर सडक निर्माण कार्यमा हालसम्म १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार खर्च भइसकेको छ । २०७१ सालबाट निर्माण सु? गरिएको कलंकी–नागढुंगा सडक साढे दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो ।
तर, ठेकेदारको लापरवाहीका कारण चार वर्ष बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन । कतिपय स्थानमा मुआब्जाका कारण पनि सडक विस्तार हुन सकिरहेको छैन ।

 

२९ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको