‘एकछिन पर्खनुस् हाँस्नलाई हतार नगर्नुस, प्रधामन्त्रीको टुक्का अझै बाँकी छ’


रेशम रोका मगर । प्रधानमन्त्री केपी शर्मा ओली चढेको यति एयरलाइन्सको जहाज १० मिनेट होल्ड हुँदा छानबिन समिति नै गठन गर्नु पर्ने । मेरो देशमा सिके राउत जस्तो बिखन्डकारीलाई काखी च्यापेर सरकारले अहिले आफ्नो नाङ्गो रुप प्रस्तुत गरेको छ। हुन त पृथकतावादी धारबाट मूलप्रवाहमा ल्याउने कार्य सही भए पनि उनी सरकारको उच्च निकाय तहबाट सम्बोधन गरिनुपर्ने जनाधार भएका व्यक्ति पनि होइनन् ।

यति ठूलो निर्णय गर्दा आफू चढेको एयरलाइन्स जतिकै पनि सम्झिएनन सिङ्गो नेपाल राष्ट्रलाई ।

छानबिन समिती खोइ महासय। जहाँसम्म जनमत संंग्रह वा अरु कुरा छ, न त त्यो सम्भव छ । उग्र कुरा गरेर आएका व्यक्तिलाई सही धरातलमा उभिन केही समय लाग्छ, न सिकेको जनमत र संगठन नै छ। ११बुदे सहमति पत्र नै जनघाती र राष्ट्रघाती छ ।

समृद्धि र न्यायोचित बितरण नै अहिलेको माग हो। यदि युद्ध भयो भने समृद्धिको यात्रा अबरुद्ध हुने छ। बिप्लबहरुको राजनैतिक यात्रा निर्णायक जितको तहसम्म पुग्ला वा नपुग्ला भन्न सकिन्न।

तर युद्ध भै हाल्यो भने राज्य र बिद्रोही दुबै तर्फ क्षती हुने र दुबैको चेपुवामा जनता पर्ने निश्चित छ। तर पनि समाजको रुपान्तरण, सार्बभौमसत्ता भु-माफिया अराजकता भ्रष्टचारीको विरुद्ध आवाज उठाउने राजनीतिक धरातलमा उठेको पार्टीलाई आतंककारी बिल्ला भिराउन छानबिन समिती आबस्यक किन परेन ?

तिम्रो जस्तो लुगा पनि वाशिङ मेसिनमा धुने हैसियत राखेका छैनन, नेपाली जनताले आफ्नो पौरखी हात हुन, चोटै चोट्ले भरिएका छन, काधमा जिम्मेवारी शिरमा नाम्लो छन । तिम्रो जस्तो ज्यान कारमा सबार हुदैन, अगाडि पछाडी सुरक्षागार्ड खोजेका छैनन।

सिङ्गो राष्ट्रलाई एउटै मालामा गाँस्न खोजेका छन। सम्पत्ती भनेनी जे भनेनी त्यही इमान र सच्चाई हुन। जनचाहना बिपरित कसैलाई राजनीति तोडमोड गरेर स्वार्थमा रमाउन लोकतन्त्रमा मान्य हुने छैन। राजनैतिक मुद्दा बनाएर सिके राउतलाई काखी च्यापिए, तर त्यही राजनैतिक मुद्दामा रेसम चौधरी जेल चलान भए, निर्मला पन्तको मुद्दा हरायो, बालकृष्ण ढुङेल स्वतन्त्र भए, मेरो बिप्लव आतंककारी भए, लोकतन्त्रमा।

सरकारले यहि गति लिने हो भने यो नेकपाको दुकान धेरै दिन चल्ने अवस्था छैन । यदि भोलि कसैले दुई/चार सय दिन्छु यो दुकान छाड्दे भन्यो भने, सरकारले दुकानको सटर बन्द गरेर, राष्ट्रलाई बन्दी बनाउन कुनै तुक छोड्ने छैन।

‘म पछारिन लागेको हुँ, पछारिएको छैन’!

२९ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको