रोल्पामा पहिलो पटक सामुदायिक विद्यालयमा पैसा नलाग्ने टेलिफोन नम्वर जडान


फागुन २९, रोल्पा । जिल्लामा पहिलो पटक सामुदायिक विद्यालयमा पैसा नलाग्ने टेलिफोन नम्वर जडान गरिएकाे छ ।

बालकल्याण नमुना माध्यामिक विद्यालयले मंगलबारवाट पैसा नलाग्ने टेलिफोन नम्वर प्रयोगमा ल्याइएकाे हो । रोल्पा नगरपालीका २ थलिबाङमा अवस्थित विद्यालय पछिल्लो समय प्रविधि मैत्रि बन्दै गएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष महेश न्यौपानेले जानकारी दिनु भएको छ ।

पैसा नलाग्ने टेलिफोन नम्वरमा उक्त विद्यालयमा पढ्ने आफ्ना वालवालिकाको दैनिक पठन पाठन कस्तो भईरहेको छ, समयमा विद्यालय पुग्छन पुग्दैनन, पुरै समय विद्यालय रहन्छन रहदैनन जस्ता जिज्ञासाहरु अभिभावकले राख्न पाउने छन ।

यसका साथै विद्यालय प्रति कुनै जिज्ञासा, गुनासो तथा प्रतिकृया भएमा समेत यो नम्वरमा फोन गर्न सकिने विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताउनु भएको छ ।

त्यसका लागी १६६०८६४४००२ मा फोन गर्न सकिने विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले यस अघिनै विद्यालयको वातावरण म¥यादित, अनुसासित र नियमितताका लागी सिसी क्यामेरा जडान र डिजिटल हाजिरी सिष्टम जडान गरि सकिएको छ ।

आजको समयको माग अनुसार विद्यालयलाई अझै प्रविधि मैत्रि बनाउदै लगिने विद्यालय प्रशासनले जनाएको छ ।

२९ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको