विप्लवमाथि प्रतिबन्धको निर्णय ‘फासीवाद कदम’: वैद्य


फागुन २९, काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएसँगै त्यसको चौतर्फि बिरोध सुरु भएको छ ।

सरकारले विगतलाई भुलेर अपरिपक्क निर्णय गरेको स्वयंम सत्तारुढ दलकै नेता कार्यकर्ताहरुले बताउँन थालेका छन् ।

विभिन्न प्रतिकृया आइरहँदा राजनीतिक संवाद मार्फत निकास निकाल्नु पर्नेमा एकाएक प्रतिबन्ध लगाउनु गलत भएको प्रतिकृयाहरु आइरहेका छन् ।

विप्लवसँगै जनयुद्धमा होमिएकाहरुले समेत उनी र उनको समूहलाई प्रतिबन्ध लगाएर सरकारले गलत गरेको टिप्पणी गरेका छन् ।

यसैविच जनयुद्धका सहकर्मी एवं केही वर्ष अघिमात्रै एउटै पार्टीबाट अलग भएका मोहन वैद्य किरणले सरकारको ‘विप्लव’ माथि प्रतिबन्धको निर्णय अत्यन्तै गलत भएको र त्यो ‘फासीवाद कदम’ भएको बताएका छन्।

किरणले बुधबार एक अनलाइन पत्रिकासंग कुरा गर्दै भनेका छन्- ,‘राजनीतिक समस्याको हल राजनीतिक रुपैले नै गर्नुपर्छ । त्यो नगरेर सरकारले ठूलो गल्ती गर्यो । यसखालको प्रतिबन्ध फुकुवा गर्नु पर्छ । सरकारको दमनकारी भूमिका तत्काल बन्द गर्नु पर्छ । उहाँहरुसँग वार्ता गर्नु पर्छ ।’

यसैगरि नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले केपी ओली सरकारले विप्लव नेकपामाथि प्रतिवन्ध थोपरेर मजाकको नियति दोहर्याएको बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले माक्र्सको भनाई उल्लेख गर्दै ओली सरकारले विप्लव नेकपालाई दमन गरेर सिध्याउने प्रतिवन्धको निर्णयलाई वियोगान्त र मजाकको रूपमा लिएको बताए ।

सामाजिक संजाल फेसबुक र टवीटरमा बाबुरामले कम्युनिस्ट नाम गरेको सरकारले अर्काे कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध थोपर्नु अचम्म भएको भन्दै त्यसले पुर्याउने बाटो भनेकै विनाशको बाटो भएको उल्लेख गर्नुभयो । विप्लव नेकपालाई प्रतिवन्धित गरेर ओली सरकारले आफ्नो अवसानको बाटो पनि सँगै रोजेको बताए ।

विप्लवलाई प्रतिबन्ध लगाउने ठाडो प्रस्ताव उनीसँगै जनयुद्धमा रहेका उनका सहकर्मी एवं तत्कालिन माओवादीका कमाण्डर रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रीको हैसियतमा मंगलबारको मन्त्रीपरिषद् बैठकमा लगेका थिए । यसलाई मन्त्रीपरिषद् बैठकले तत्कालै स्वीकृति गरेको थियो ।

२९ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको