अखिल (क्रान्तिकारी) रुकुम पश्चिमकाे २५औं जिल्ला सम्मेलन उद्घाटन (भिडियो)


टीका केसी/फागुन १, सल्यान । अखिल (क्रान्तिकारी) रुकुम पश्चिमकाे २५ औं जिल्ला सम्मेलन उद्घाटन भब्य रुपले सम्मपन्न भएको छ ।

रुकुम पश्चिमकाे चौरजाहारिमा हजारौं विद्यार्थीहरुको उत्साह जनक उपस्थितिमा सन्चालन भएको कार्यक्रम सङ्गठनका केन्द्रिय उपाध्यक्ष रुद्र प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।

सम्मेलनको उद्घाटन गर्दै उपाध्यक्ष भट्टराईले नेपालका सर्बहारा जनताका छोराछोरीको उज्ज्वल भबिस्याका निम्ति जस्तोसुकै प्रस्थितिको सामना गर्न आफुहरु तयार रहेको भन्दै अखिल क्रान्तिकारीले नेपाली विद्यार्थीहरुलाइ उत्पादन मुलक, समान तथा रोजगार मुखी शिक्षा लागू गरेरै छोड्ने प्रतिबद्धता गरे ।

त्यस्तै नेकपाका केन्द्रीय सदस्य तथा सल्यान रुकुम अभियानका टिम कमाण्डर चिरण पुन ‘मिलन’ले सम्पुर्ण क्रान्तिकारी विद्यार्थीहरु अखिल क्रान्तिकारी भित्र गोलबन्द भएर पार्टी योजनालाई कार्यनयन गर्दै समाजबादी शिक्षा प्राप्तिको निम्ति लड्नु पर्ने बताए ।

सङ्गठनका अध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा सुरु भएको कार्यक्रम सचिब प्रेम बोहराले गरेका थिए भने हरि पुनले स्वागत गरेका थिए । सम्मेलनको बन्द सत्र आज र भोलि गरि दुइदिन सम्म चल्ने आयोजक समितिले जनाएको छ ।

२०७५ फाल्गुन १,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको