प्रेम एक अर्थ अनेक


विशेष केसी । फेब्रुअरी १४ नेपाली युवायुवती सहित बिश्वभरका युवायुबतीहरुलाई प्रति प्रतिक्षको दिन बन्छ । किनकि सृष्टीनै मायाप्रेममा चलेको छ । यो दिन बिश्वभरका युवायुबतीलाई माया साटासाट गर्ने बिशेष दिन हो । क्याथोलिक र रोमन युवायुवतीले प्रेमपर्वको रुपमा मनाउने भएपनि हाल व्यापक बढ्दो क्रममा रहेको सूचना प्रविधिको प्रभावले बिश्वभरनै यसलाई मनाइने गरिन्छ ।

तेस्रो शताब्दिको रोमन सम्राट कलाउदियस दित्तियको पालामा देशभरका जनतालाई सैन्य भर्तीका लागि उर्दी जारी भयो । नारीसंगको सम्बन्धले सेना कमजोर हुने ठहर गर्दै सम्राटले प्रेम र बिबाहमा रोक लगाए तर उक्त समयमा ख्बभिलतष्लभ नामका पादरीले सम्राटको उक्त
उर्दीलाई सार्बजनिक रुपमै उल्लघन गर्ने घोषणा गरे र घोषणासंगै थुप्रै सैनिकलाई बिबाह बन्धनमा बाधिदिए । आफ्नो उर्दी बिपरितको उक्त अभियान सहन नसकी रोमन सम्राटले पादरीलाई पक्राउ गरि फाँसी दिने निर्णय गरे । जेलमा रहदा ती पादरीलाई भेट्ने जेलरकी छोरि खुबी आउथिन, ति दुई बिच गहिरो प्रेम थियो । पादरीले आफ्नो फासिको केहि अघि ुीयखभ ाचयm थयगच ख्बभिलतष्लभु भनि हस्ताक्षर गरिएको पत्र आफ्नी प्रेमिका जेलरकी छोरीलाई थमाईदिएका थिए । उनले थुप्रै प्रेमजोडीको सार्बजनिक ठाउमा भेला गराएर सामुहिक बिबाह गरिदिने जस्ता कार्य गरेपछि सन् २७० फेब्रुअरी १४ मा उनलाई फाँसी दिइयो, यही भ्यालेनटाइनको त्याग तथा समर्पणलाई स्मरण गर्दै बिश्वभर यो दिवस मनाउने प्रचलन रहेको छ ।

भ्यालेन्टाइन डे मा आपसमा भेटघाट गरि सुख दुख तथा उपहार बाड्ने चलन पनि बसेको छ । प्रेम प्रस्तावको रुपमा गुलाब तथा माया गाढा बनाउन मायाका प्रतिक आपसमा साट्ने प्रचलन छ । युवापुस्ताको यो दिनलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा भव्यताका साथ मनाउने गरेका छन् । व्यस्तताको बीचबाट समय निकाली प्रेमलिला जोडीहरु सार्बजनिक पार्क लगायतका मनमोहक तथा गोप्य स्थालहरुमा प्रेमलाप गरिरहेको पाइन्छ ।

प्राचिन रोमबाट सुरु भएको ख्बभिलतष्लभ म्बथ पछिल्लो समय नेपलमा पनि निकै महत्वका साथ युवायुवतीले एक आपसमा प्रेम साटासाट गरि मनाइरहेका छन् भने यो संगै प्रेमको प्रतिक मानिने रातो गुलाबको व्यापार गरि ब्यापारीले राम्रो आम्दानी पनि गरिरहेका छन् । नेपाल पुष्प ब्यबसायी संघ ९ँब्ल्० का अनुसार यस वर्ष ख्बभिलतष्लभ म्बथ मा नेपालमा सरदर दुई लाख गुलाबको माग छ र गुलाबको उत्पादनमा आत्म निर्भर नहुदा यस वर्ष भारतबाट १।५ लाख गुलाब आयात भएको छ भने बाकी ५०,००० गुलाब आन्तरिक उत्पादनबाट खपत हुदैछ

बिश्व आधुनिकता संगै विभिन्न मुलकमा मनाइने विभिन्न चाडपर्व नेपाल जस्तो देशमा भित्रिन थालेका छन् । एक दसक अघि सम्म मात्र ख्बभिलतष्लभ म्बथ भन्दा पचाउन गाह्रो मान्ने समाजमा आजकल उत्साहका साथ यो पर्व मनाइन्छ, आगामी दिनमा के कस्ता चाडपर्व
भित्रिने हुन् पत्तो छैन ।

हरेक मुलुकको भाषा, सस्कृति, भेषभुषा तथा परम्परा देशको पहिचान बनी रहेका हुन्छन । यदी देशअनुसारको भेष नहुने हो भने देशको अस्तित्व माथिनै प्रश्न खडा हुन सक्छ, तसर्थ यस्ता दिवस मनाइरहदा हाम्रा धर्म, सस्कृति, परम्परा तथा अलौकिक सम्पति बिदेशी प्रभावले नासिन सक्छन भन्ने तर्फ सजक रहन अति जरुरी छ ।

यो सृष्टी सबै प्राणीहरुको अस्तित्व मायाप्रेम बिना समाप्त हुन्छ भन्ने कुरा जिवविज्ञानले पुष्टी गरेको बिषय हो सायद त्यसैले होला बिसौ शताब्दिमा एक महान अमेरीकन मनोबैज्ञानिक ब्दजचबm ःबकयिध ले आफ्नो एक सिद्धान्तमा मानबजातिलाई शारीरिक र सुरक्षा सम्बन्धी आवश्यकता पछि प्रेमको आवश्यकतालाई बढी महत्व दिएको छ । इतिहास हेर्दा मानिसहरु बिचमा प्राचिनकाल देखि नै प्रेम भएकै थियो । तर त्यो समयसंगै परिवर्तित हुँदा मायाप्रेमको भाव उजागर गर्ने क्रम बढ्दै पहिले बिबाहपछि श्रीमान् श्रीमती बिच सिमित प्रेम अहिले विवाह पुर्व प्रेमीप्रेमिकाको मास बढ्दो छ । नेपालको परम्परागत शैलीभन्दा फरक प्रवृतिको पर्व भएकोले धेरैको यसमा मिश्रित प्रतिक्रिया हुनसक्छ । इतिहास भावुक, रोचक भएपनि वर्तमान आधुनिकताको बहानामा छाडापन संस्कृतिमा लाग्नु राम्रो होइन, मुना र मदन विच मात्र प्रेम नदेखी मदन र भोटे बिचको प्रेमको पनि पहिचान गर्न सक्नुपर्छ । मुना र मदनको बिचको प्रेममा जति त्याग थियो त्यति नै बलिदान र त्याग मदन र भोटेको प्रेममा पनि थियो ।

तर समयक्रमले मुना र मदन बिचको प्रेमलाई मात्र प्रेम ठान्यो या सम्झ्यो, भोटको मदनप्रतिको प्रेमलाई महत्व दिएन । तर प्रेम व्यापक छ, आमाबाबु र छोराछोरि बिचको प्रेम, श्रीमान् र श्रीमती बिचको प्रेम,साथी( साथी बिचको प्रेम, प्रेमी( प्रेमीका बिचको प्रेम, हाकिम र कर्मचारी बिचको प्रेम, शिक्षक र बिध्यार्थी बिचको प्रेम, चिकित्सक र बिरामी बिचको प्रेम आदि । जहाँ आत्मियता, घनिष्टता र निस्वार्थ रहन्छ त्यहाँ प्रेमले वास लिन्छ र त्यहि प्रेम महान् रहन्छ । प्रेमले सद्भाव, श्रदा जागाउछ र विश्वासको बातावरण बनाउछ । यसरी माया तथा प्रेम गर्ने अधिकार सबैलाई भएको हुँदा त्यसलाई तत्कालका निम्ति भन्दापनि दीर्घकालीन रुपमा रुपान्तरण गर्ने चुनौती सबै माथि थपिएको छ । सबैलाई प्रणय दिवसको शुभकामना ।

२०७५ फाल्गुन १,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको