राज्य सत्ताका बादशाहलाई सडकमा ल्याउछौँ-बिरंजग


फागुन १, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो ईन्चार्ज चन्द्र बहादुर चन्द बिरंजगले राज्यसत्ताका सामाजिक दलालहरुलाई निरङकुस राजतन्त्र लाई जस्तै सडकमा ल्याउने चेतावनी बताएका छन ।

नेकपा लुम्बिनी ब्युरोले २४औ जनयुद्ध दिवसको अवसरमा बुटवलमा आयोजना गरेको वृहत् जनसभालाई सम्बोधन गर्दै नेता चन्दले कम्युनिस्ट नामधारी सरकारले जनता माथि दमन थोपारेको आरोप समेत लगाएका छन । जनताका पक्षमा मुद्दा उठाउदा राज्यले हामी माथि निरङ्कुस कदम चालेको छ यसको परिणाम गम्भीर हुने उनको भनाइ थियो ।

एकअर्को प्रशङ्गमा बोल्दै नेता चन्दले सरकार भष्ट्रचारमा लिप्त भएको बताउदै प्रधानमन्त्री केपी वलि भष्ट्रचार अनत्य गर्छु भनेर घोषणा गरेपनि त्यो हास्यास्पद भएको जिकिर गरे ।

 

२०७५ फाल्गुन १,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको