२४औ जनयुद्द दिबसको अबसरमा काठमाण्डौमा बिप्लवको बिशाल र्याली [फोटो फिचर]


फागुन १, काठमाडौँ । माओबादि घटकका सबै पार्टीहरुले आ-आफ्नै ढंगले जनयुद्द स्थापना भएको दिन फाल्गुन १ गतेलाई हरेक बर्ष ‘जनयुद दिवस’को रुपमा मनाउदै आएका छन् । यसैक्रममा नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज देशैभरि २४औ जनयुद्द दिवस मनाएको छ ।

फाल्गुन १ गते काठमाडौकाे शान्तिबाटीकामा २४औ जनयुद्ध दिवसकाे अवसरमा र्याली प्रदर्शन समेत गरेको छ । उक्त र्यालीमा विभिन्न जनबर्गिय संगठनहरु, पत्रकार, कलाकार तथा पुर्ब लडाकुहरु र पार्टी नेता तथा कार्यकर्ताहरुको सभागी रहेको छ ।

काठमाडौँको शान्तिवाटिकाबाट सुरु भएको र्याली भृकुटीमण्डप, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै शान्तिवाटिकामा पुगेर जनसभामा परिणत भएको थियो ।

जनसभामा नेकपाका केन्द्रीय सदस्य मकर गुरुङ, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का संयोजक राजु कार्की, नेकपा अन्तर्राष्ट्रिय ब्युरो सदस्य नरबहादुर कार्की, अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, जनगणतान्त्रिक सम्पर्क मञ्च मजदुर साधारण शाखाका नेतालगायतले सम्बोधन गरिरहेका छन् ।

हेर्नुहोस २४औ जनयुद्द दिवसको अबसरमा प्रदर्शन भएको र्याली दृश्यहरु:

तस्बिर: गोपाल चन्द/पोष्टपाटी

२०७५ फाल्गुन १,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको