सहमतिपछी रोल्पामा जनप्रतिनिधि कार्यलयको ताला बन्दि खुल्यो


पुस २९, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका वडा कार्यलयमा स्थानीयले लगाएको ताला सहमतिमा खोलिएको छ । गाउँपालिका अध्यक्ष सान्त वली, गाउँपालिका सदस्य चन्द्र विक, र वडा अध्यक्ष भिम बहादुर खत्रीको रोबरमा साँझ ७ बजे (वडा नम्बर ४ को कार्यलयको) ताला खोलिएको स्थानीय अभिभावक वकिल पुन मगरले बताए ।

जनकल्याण माध्यामिक बिद्यालय सिमपानिको बिब्यस बिबादित बिषयलाई सोमबार (भोलि) १० बजे छलफल गरि टुंगोमा पुग्ने सहमति भएपछी ताला खोलिएको पुनले बताए । तर यसै बिषयलाई लिएर सोमबार पत्रकार सम्मेलन हुने पनि बताए ।

यस्तो थियो बिबाद बिषय 

त्रिवेणी गाउँपालिकामा रहेको जनकल्याण मा.बि. सिमपानिको बिद्यालय ब्यबस्थापन समिति बिबाद बिषयलाई लिएर स्थानीयले ४ नम्बर वडा कार्यलयमा ताला लगाएका थिए । स्थानीय अभिभावकको सहमति बिना जनप्रतिनिधिले आफु खुसि फोनको भरमा बिब्यस गठन गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

बिब्यस बिबाद बिषयलाई समाधान गर्न जनप्रतिनिधिहरुलाई छलफलमा बोलाउदा समेत उनीहरु उपस्थित नभएपछी वडा कार्यलयमा ताला लगाएको जनाएका थिए ।

गाउपालिकाका २६० भन्दा धेरै अभिभावकहरुले जनकल्याण माध्यमिक बिद्यालयमा गठन भएको बिब्यसप्रति असहमति हस्ताक्षर संकलनगरि नयाँ समिति चयनका लागि पहलगर्न स्थानीय सरकार समक्ष हस्ताक्षर बुझाए पनि त्यसको कुनै सुनुवाई नभएपछी स्थानीयहरु आन्दोलनमा उत्रिएको थिए ।

बिबादको बिषय यसरि उठ्यो

कोरियाली सँस्था अमहोङगिल फाउन्डेसनको सहयोगमा १८ कोठे भवन बनाउदा त्रिवेणी ४ का जनप्रतिनिधिले प्रक्रिया नपुर्याई हतारमा बिब्यस गठन गरेको स्थानीयले आरोप लगाए पछी बिबाद बढेको हो ।

बिद्यालय ब्यबस्थापन समिति गठनका लागि अभिभावक भेला नगराई जनप्रतिनिधिहरुको हस्तक्षेपमा चन्द्र बहादुर घर्तीको नेतृत्वमा समिति गठन गरेको स्थानीयहरूको आरोप छ ।

गाउँपालिका अध्यक्ष सान्त वलीलाई उक्त समस्याको हल गरिदिन आग्रहगर्दा स्थानीय वडा कार्यलयले समाधान गर्नुपर्ने भन्दै अध्यक्ष समस्याबाट पन्छिए पछी थप समस्या भएको थियो । हालका बिब्यस अध्यक्ष रहेका चन्द्र बहादुर घर्ती अध्यक्षमा स्वीकार्य नभएको स्थानीयको मत रहेको छ ।

यो पनि पढ्नुहोस

रोल्पामा जनप्रतिनिधिको कार्यलयमा स्थानीयले ताला लगाए (भिडियो हेर्नुहोस)

२९ पुष २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको