रोल्पामा जनप्रतिनिधिको कार्यलयमा स्थानीयले ताला लगाए (भिडियो हेर्नुहोस)


पुस २९, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा रहेको जनकल्याण मा.बि. सिमपानिको बिद्यालय ब्यबस्थापन समिति बिबाद बिषयलाई लिएर स्थानीयले ४ नम्बर वडा कार्यलयमा ताला लगाएका छन । स्थानीय अभिभावकको सहमति बिना जनप्रतिनिधिले आफु खुसि फोनको भरमा बिब्यस गठन गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

बिब्यस बिबाद बिषयलाई समाधान गर्न जनप्रतिनिधिहरुलाई छलफलमा बोलाउदा समेत उनीहरु उपस्थित नभए पछी वडा कार्यलयमा ताला लगाएको जनाएका छन् ।

बिद्यालय ब्यबस्थापन समिति गठनका लागि अभिभावक भेला नगराई जनप्रतिनिधिहरुको हस्तक्षेपमा चन्द्र बहादुर घर्तीको नेतृत्वमा समिति गठन गरेको स्थानीयहरूको आरोप छ ।

गाउपालिकाका २६० भन्दा धेरै अभिभावकहरुले जनकल्याण माध्यमिक बिद्यालयमा गठन भएको बिब्यसप्रति असहमति हस्ताक्षर संकलनगरि नयाँ समिति चयनका लागि पहलगर्न स्थानीय सरकार समक्ष हस्ताक्षर बुझाए पनि त्यसको कुनै सुनुवाई नभएपछी स्थानीयहरु आन्दोलनमा उत्रिएको उक्त बिद्यालयका अभिभावक तथा अभिभावक संघका पुर्ब अध्यक्ष वकिल पुन मगरले बताएका छन् ।

तस्बिर: त्रिवेणीको जनकल्याण मा.बि. सिमपानि

कोरियाली सँस्था अमहोङगिल फाउन्डेसनको सहयोगमा १८ कोठे भवन बनाउदा त्रिवेणी ४ का जनप्रतिनिधिले प्रक्रिया नपुर्याई हतारमा बिब्यस गठन गरेको स्थानीयले आरोप लगाएको उनले बताए ।

गाउँपालिका अध्यक्ष सान्त वलीलाई उक्त समस्याको हल गरिदिन आग्रहगर्दा स्थानीय वडा कार्यलयले समाधान गर्नुपर्ने भन्दै अध्यक्ष समस्याबाट पन्छिएको स्थानीयको गुनासो रहेको पुनको बताए । पुनले भने ‘हाल बिब्यस अध्यक्ष रहेका चन्द्र बहादुर घर्ती अध्यक्षमा स्वीकार्य नभएको स्थानीयको मत रहेको छ’ ।

वडा कार्यलयमा ताला लगाएको बारे सोमबार (भोलि) पत्रकार सम्मेलन गरि बिस्तृत जानकारी गराउने जनाएका छन् ।

हेर्नुहोस भिडियो:

२०७५ पुष २९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको