पुँजीगत बजेटको ६ महिनाः देउवाको खर्च ४७ अर्ब, ओलीले गरे ५१ अर्ब


पुस २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको सबालमा सरकारले फड्को मारिरहेको बताए पनि सरकारी तथ्यांकले अघिल्लो सरकारले तुलनामा चार अर्ब रुपैयाँमात्र बढी खर्च भएको देखाएको छ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । अघिल्लो वर्ष कम गर्न नसकेको भनेर आलोचना गरिएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुस मसान्तसम्ममा ४७ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च गरेका थिए ।

प्रधानमन्त्री ओलीले यही ६ महिनामा पुँजीगत बजेट ५१ अर्ब रुपैयाँमात्र खर्च गरेका छन् । यो देउवाको तुलनामा चार अर्ब रुपैयाँमात्र बढी हो ।

२०७५ पुष २९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको