रेडक्रस दाङ शाखाले बंगलाचुली गाँउपालिकालाई दियो स्वास्थ्य सामग्री


मङ्सिर २९, दाङ । नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाद्वारा बंगलाचुली गाँउपालिका कार्यालयलाइ १३ लाख बराबरको स्वास्थ्य सामाग्रि उपकरण तथा औजारहरु हस्तान्तरन गरेको छ ।

गाँउपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुमा न्यूनतम सेवा दिन आवश्यक सामाग्रिहरु पहिचान गरि संस्थामा हाल उपलब्ध नभएका सामानहरु उपलब्ध गराइएको हो ।

गाँउपालिका स्वास्थ्य शाखालाइ प्राप्त स्वास्थ्य सामाग्रि उपकरण तथा ‌औजारहरु एक कार्यक्रमको आयोजना गरि सम्बन्धित स्वास्थ्य संस्थाहरुलाइ हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको स्वास्थ्य र खानेपानी सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोना मार्फत प्राप्त सामाग्रि गाँउपालिका उपाध्यक्ष यमुना घर्तिले हस्तान्तरण गरेकी हुन् । उपाध्यक्ष घर्तिले प्राप्त सामागि समुचित प्रयोजनको लागि सबैलाइ निर्देशन दिदै स्वास्थ्य सेवा क्षेत्र सुधार हुने बिश्वास समेत ब्यक्त गरिन ।

गाँउपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुले सामाग्रि प्राप्त गर्दा स्वास्थ्यकर्मिहरु खुसि भएका छन् । लुहारपानी स्वास्थ्य चौकी इन्चार्ज दिलिप बाठामगरले स्वास्थ्य संस्थामा नभइ नहुने सामाग्रि प्राप्त गरेको र अब उप्रान्त काम गर्न सजिलो हुने बताए । आफुहरुलाइ चाहिने सामाग्रि पहिचानमा नै समस्या भएकोले पनि पाउन नसकेको उनको भनाइ रहेको थियो ।

बंगलाचुली अस्पतालमा आवश्यक प्रसुति बेड प्राप्त भएपछि इन्चार्ज नेब बहादुर केसीले भने- ‘हामिले सहयोगि रेडक्रस पाएका छौ, हामिलाइ केहि सजिलो महसुस भएको छ ।,’

प्राप्त सामाग्रि हस्तान्तरण कार्यक्रमको संचालक तथा स्वास्थ्य संयोजक भक्त बहादुर जिसिले यसरि अत्यावश्यक सामाग्रि उपलब्ध गराउने नेपाल रेडक्रस सोसाइटीलाइ धन्यवाद दिएका छन् ।

२०७६ मंसिर २९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको