अतिक्रमित भूमि फिर्ताको माग गर्दै राष्ट्रिय जागरण मञ्चले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र


मङ्सिर २६, काठमाडौं । राष्ट्रिय जागरण मञ्चले यथाशीघ्र नेपालका अतिक्रमित भूमि फिर्ता गर्न र भारतसंगको सीमासम्बन्धी समस्या समाधान गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

मञ्चका संयोजक गुणराज लोहनीले प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । नेपाली भूमिमाथि भारतीय अतिक्रमण बढिरहेको भन्दै लोहनीले बुझाएको ज्ञापन पत्रमा भारतले पछिल्लो पटक सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेत समेटिनु अतिक्रमणको पछिल्लो संस्करण भएको उल्लेख छ ।

अहिले नेपालीहरु भारतीय अतिक्रमण नीतिविरुद्ध भएर लडिरहेको भन्दै सरकारले अतिक्रमित भूमि फिर्ता गर्न पहल नगरी नेपाली जनता ज्वारभाटा बनेर आउने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ । ज्ञापनपत्रमा भनिएको छ,’ अहिलेको सरकारलाई भारतसँग भएका असमान सन्धि सम्झौताहरू खारेज गरी हाम्रो अतिक्रमित भूमि फिर्ता गर्ने राम्रो अवसर छ ।’

हेर्नुस विज्ञप्ति

२६ मंसिर २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको