मङ्सिर २६, काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
सिन्धुपाल्चाेककाे सेर्माथान केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केल म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ ।
भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चाेक भए पनि काठमाण्डाै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेकमा समेत भूकम्पकाे कडा धक्का महशुस गरिएकाे छ ।
२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि लगातार भूकम्पको धेरै परकम्पा गईरहेका छन् । पछिल्लो पटक मंसिर ११ सिन्धुपाल्चाेककाे फुल्पिङकाेट केन्द्रविन्दु भएर गएको ५ म्याग्निच्यूडकाे भूकम्पको धक्का काठमाण्डाै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेक लगायतका जिल्लाहरुमा महशुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस