दोस्रो अन्तर्राष्ट्रिय छायाछवि अनर अवार्डको तयारी पुरा :नेपालबाट आउने कलाकारको ओइरो


मङ्सिर २६, युएई । दुबईमा १३ डिसेम्बरमा सम्पन्न हुन लागेको दोस्रो अन्तर्राष्ट्रियह छायाछवि अनर अवार्ड-२०७६ को तयारी पूरा भएको छ । कार्यक्रमको सफलताको लागि नेपालबाट ख्यातिप्राप्त कलाकार, गायकगायिका, मोडल तथा प्राविधिकहरुको जम्बो टोली युएई आइसकेको स्थानीय आयोजक संस्था नेपाली मनका सदस्य जे सागरले जानकारी दिएका छन् ।

युएईको लागि नेपाली मनको आयोजनामा हुन लागेको उक्त कार्यक्रम क्लब एभरेस्ट अस्टोरिया होटलमा हुने भएको छ ।

उक्त कार्यक्रमका लागि नेपालबाट चर्चित संगीतकार शम्भुजित बाँस्कोटा, कलाकारहरु बसुन्धरा भुसाल, वर्षा शिवाकोटी, सन्तोष श्रेष्ठ, गायिका देविका बन्दना, कस्तुप पन्त लगायत तीन दर्जन भन्दा बढी कलाकारहरु युएई आइसकेका छन् ।

युएईको स्थानीय समय दिनको २ बजेबाट सुरुहुने उक्त अवार्ड कार्यक्रममा युएईमा रहेर लामो समयदेखि सकृय एक एक जना समाजसेवी , कलाकार र पत्रकारलाई अवार्ड प्रदान गरिनुका साथै साँस्कृतिक प्रस्तुति पनि हुने आयोजकले जानकारी दिएका छन् ।

२६ मंसिर २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको