मङ्सिर २५, काठमान्डौ । ‘भनिन्छ देशभक्ति गित गाउँने कलाकारहरु भोकैनाङ्गै हुन्छन्’ । उनको न महल हुन्छ, न सिसाको दरबार हुन्छ, उनीहरु संग हुन्छ त केवल देश प्रेम हुन्छ’ । यस्तै आफु रित्तिएर देशप्रेमका गित गाउने रोल्पाका मोहित श्रेष्ठले जनताका गित गाएर जनबादी गायकको पहिचान बनाए । उनै जनबादी गायक मोहित श्रेष्ठले यसपाली भने फरक शैलीको गित ल्याएर आएका छन् ।
‘मायाको गाउँ नाै डाँडापारि कहिले पो भेट होला, सम्झेर मात्रै मनको रहर कसोरी मेंटुला’ भन्ने गीतको बोल आफ्नै शब्दहरु हुन् । उक्त गीतमा संगीत र स्वर पनि आफैले दिएका छन् । गिटार बादनमा भने संघर्ष सल्यानीले साथ् दिएका छन् । उनले यो गित आफ्नो अफिसियल युटुब च्यानल मार्फत सार्बजानिक गरेका छन् ।
डालीमा गुँरास फुलेको देख्दा उनकै याद आउछ
अंगालो भित्र राखेको माया झझल्को आइरहन्छ
टाढा भो माया भनेर प्रिया, हो…. प्रिया भुलेर नजानु, गीतको पहिलो अन्तरा रहेको छ ।
गीतको दोस्रो अन्तरा यस्तो रहेको छ:,
सपनापानी बिग्रेझैँ लाग्छ, पराइ पो भईन कि
लयको माया खाएको कसम त्यहि अनि भुलिन कि
आउदैन भनि मनको प्रिया, हो…. प्रिया भुलेर नजानु ।
नेपाली दश बर्षे सांस्कृतिक क्रान्तिमा निकै गुन्जिएको एउटा आवाज हो ‘मोहित’ । रोल्पा जंकोटमा जन्मिएका जनवादी गायक ‘मोहित श्रेष्ठ’ युद्दकालको निकै चर्चित नाम हो ।
प्रतिक्रिया दिनुहोस