डि.एस. डाँगी । यतिबेला पश्चिमबाट उदाएको एउटा बलियो प्रतिभाको चर्चा चलिरहेको छ । रोल्पाका शनि विश्वकर्मा नेपालको पहिलो मौलिक रियालिटी शो नेपाल लोकस्टारको बिजेता बने संगै देश, विदेशमा निकै चर्चा चलेको हो । उनि सबैको प्रिय कलाकार बन्न सफल भएका छन् ।
शनि लोकस्टार बन्नुमा सबै भन्दा पहिलो उनको आफ्नै अद्भुत प्रतिभा हो । उनको मौलिक कला, गला र प्रतिभा नै मुख्य कारण हो । त्यसपछि शुभचिन्तकहरुको माया हो ।
कला र प्रतिभा एक वरदान हो, जुन जन्मदै स्वतस्फुर्त आएको हुन्छ । यस्तै प्रतिभा बोकेर बिकट बस्ति रोल्पाबाट लोक स्टारको मंचमा पुगेका शनि पहिलो लोकस्टार बने ।
अडिसन राउण्डमा गोल्डेन स्टार प्राप्त गर्दै उनी सिधै उत्कृष्ट २० भित्र प्रवेश पाए । जजहरुको मन जित्दै फाइनलमा पनि दर्शकहरुको अत्यधिक भोटबाट नेपालको पहिलो लोकस्टार बने ।
शनि जब फाइनलमा प्रवेश गरेका थिए, फिनाले आउनु पुर्ब लोक स्टारले प्रश्न गरेको थियो, यदि शनि लोकस्टार बन्यो भने के गर्छ ? उनको सहज उत्तर थियो, ‘नेपालका धेरै रियालिटी शोहरुले फरक प्रतिभाहरु जन्मायो तर पर्दा पछाडी हराए, म त्यसरी हराउन चाहान्न, पर्दा अगाडी मेरा शुभेक्छुक संगै हुनेछु ।
हो हामी शुभ चिन्तकहरुले शनि विश्वकर्मालाई पर्दा पछाडी होइन, अगाडी देख्न चाहान्छौ । हराई रहेको औंसीको जस्तो जुन होइन पुर्णिमाको जुन बनेको देख्न चाहान्छौ । हाम्रो मौलिक संस्कृतिको जगेर्ना गर्ने एक कुशल सिपाहीको रुपमा देख्न चाहान्छौ ।
बहुप्रतिभाशाली शनि लोकगित क्षेत्रका एक उज्वल नक्षेत्र हुन् । आफ्ना शुभचिन्तकहरुलाई खुसि दिनु शनिको दायीत्व हो, यो उनले अबस्य पुरा गर्नेछन । साथ् र सहयोग हाम्रो हुनेछ ।
सफलताले चुनौतिको निमन्त्रणा दिएको छ, चुनौतीलाई चिर्दै सम्भाबना चुम्न शनिलाई हार्दिक शुभकामना छ ।
प्रतिक्रिया दिनुहोस