सुनिल बल चम्किंदा साग फुटबलमा नेपाललाई स्वर्ण


मङ्सिर २४, काठमान्डौ । १३ औं सागको पुरुष फुटबल अन्तर्गत नेपालले स्वर्ण जितेको छ । नेपाल र भुटानबीचको फाइनल खेलमा २-१ को गोल अन्तरले जितेको हो ।

नेपालले सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा पहिलो हाफमा खेल बराबरी भएको थियो । दोश्रो हाफमा खेलको ५३औं मिनेटमा सुनिल बलले हेडिङ मार्फत सुन्दर गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा खेल नेपालले जितेको थियो ।

खेलको १६ औं मिनेटमा अभिषेक रिजालले आकर्षक गोल गर्दै नेपाललाई एक गोलको अग्रता दिलाएका थिए । भुटानले ३६ औं मिनेटमा गोल गरेर बराबरी गराएको थियो ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो। त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो।

नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुगेको हो। यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो।

हालसम्मको १३ औं साग तालिकाअनुसार फुटबलमा स्वर्ण जितेसंगै नेपालले ५० स्वर्ण हात पारिसकेको छ।

२४ मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको