नेपालले सुनिल बलको गोलमा फेरी अग्रता लियो


मङ्सिर २४, काठमान्डौ । १३ औं सागको पुरुष फुटबल अन्तर्गत नेपाल र भुटानबीचको फाइनल खेलमा नेपालले दोस्रो गोलगर्दा अग्रता लिएको छ । नेपालले सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा पहिलो हाफमा खेल बराबरी भएको थियो ।

खेलको ५३औं मिनेटमा सुनिल बलले हेडिङ मार्फत सुन्दर गोल गरेका थिए ।

खेलको १६ औं मिनेटमा अभिषेक रिजालले आकर्षक गोल गर्दै नेपाललाई एक गोलको अग्रता दिलाएका थिए ।  भुटानले ३६ औं मिनेटमा गोल गरेर बराबरी गराएको थियो ।

हाल दशरथ रंगशालामा फाइनल खेल भइरहेको छ। नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो। त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो।

नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुगेको हो। यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो।

हालसम्मको १३ औं साग तालिकाअनुसार नेपालले ४९ स्वर्ण हात पारिसकेको छ। नेपालले फुटबलमा स्वर्ण जित्ने लक्ष्य लिएको छ।

२०७६ मंसिर २४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको