साग फुटबल: भुटानले गोल फर्कायो, खेल बराबरी


मङ्सिर २४, काठमान्डौ । १३ औं सागको पुरुष फुटबल अन्तर्गत नेपाल र भुटानबीचको फाइनल खेलमा नेपाल बिरुद्द भुटानले गोल फर्काएको छ । नेपालले सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको छ ।

खेलको ३६औं मिनेटमा भुटानी खेलाडीले गोल गरेका थिए ।

खेलको १६ औं मिनेटमा अभिषेक रिजालले आकर्षक गोल गर्दै नेपाललाई एक गोलको अग्रता दिलाएका थिए ।

हाल दशरथ रंगशालामा फाइनल खेल भइरहेको छ। नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो। त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो।

नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुगेको हो। यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो।

हालसम्मको १३ औं साग तालिकाअनुसार नेपालले ४९ स्वर्ण हात पारिसकेको छ। नेपालले फुटबलमा स्वर्ण जित्ने लक्ष्य लिएको छ।

२०७६ मंसिर २४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको