प्रधानमन्त्री ओलीले गरे सी सवार हुने मार्गको स्थलगत अनुगमन


असोज २५, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सी सवारी हुने सडकमा आफै गएर अवस्थाबारे जानकारी लिएका छन् ।

सरकारले सो क्षेत्रमा कलात्मक सौन्दर्यसहित स्वागतका लागि विभिन्न तयारी गरेको छ । सोबारे जानकारी लिन प्रधानमन्त्री ओली बिहान साढे ६ बजे नै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोल्टीमोडसम्मको सडकमा निस्किएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भ्रमणका कार्यसूचि लगायत सम्पूर्ण तयारीका पक्षमा प्रधानमन्त्री ओलीले नजिकबाट चासो दिँदै आउने क्रममा सडकको अवस्था बुझेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सीका लागि स्वागत गर्दा नेपाली कलाकारबाट प्रस्तुत गरिने चिनियाँ सङ्गीत शुक्रबार श्रवणसमेत गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिवसीय भ्रमणका लागि राष्ट्रपति सी बेलुका पाँच बजे नेपाल आउँदै छन् ।

देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ।

यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ। रासस

२०७६ आश्विन २५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको