असोज २५, दाङ । दाङमा अटोले ठक्कर दिदा एक बालक सहित २ जना घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर–८ कृष्णमन्दीर निबासी मोटरसाईकल चालक १९ बर्षका छबि डाँगी र बाईक पछाडी बसेका ९ बर्षका बालक अमृत विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाइते दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर तर्फ आउँदै गरेको बा२३प ९६६७ नम्बरको मोटरसाईकललाई शुक्रबार शान्तिदिप बोडीङ स्कुल नजिकै रा१ह ३९६७ नम्बरको अटोले ठक्कर दिएको थियो ।
ठक्कर दिए लगत्तै भागेका अटो चालक जुद्धबहादुर विकलाई स्थानीयले कृष्णमन्दीरबाट अटो सहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
अटो चालकले मादक पदार्थ सेवन गरेकाले दुर्घटना भएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस