दशैंका लागि बसको अग्रिम टिकट खोल्ने मिति तोकियो


भदौ २६, काठमाडौं । दशैंका लागि आगामी असोज ५ गतेदेखि अग्रिम बस टिकट खुल्ने भएको छ ।

फाइल तस्बिर 

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको हो । तर यस वर्षको दशैंको टिकटमा भाडादर भने नबढाइएको पनि यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

दशैंका लागि अग्रिम बस टिकटमा भाडा दर नबढाउने पनि निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यस वर्ष दशैंको घटस्थापना असोज १२ गते परेको छ भने असोज १८ गते फूलपाती, १९ गते अष्टमी, २० गते महानवमी र २१ गते विजया दशमी पर्छ ।

बैठकमा यातायात व्यवसायीहरुले सडक तत्काल सुधार गर्न भने सरकारसँग माग गरेका छन । दशैंका लागि दुरदराजसम्म यात्रुहरु पुग्नुपर्ने भएकाले वर्षाका कारण क्षति पुगेका सडक सुधारको कामलाई भने तत्काल अघि बढाउन सरकारसँग माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

दशैंमा यात्रुहरुलाई सहजताका साथ यात्रा गर्न आवश्यक व्यवस्था मिलाउन काठमाडौंमा मात्रै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी पनि गरिएको छ ।

२६ भाद्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको