नेकपाले दियो दल दर्ताका लागि र्निवाचन आयोगमा निवेदन


भदौ २६, काठमाडौं । आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा दताका लागि निवेदन दिएको छ ।

नेकपाले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि बिहीबार निवेदन दिएको हो ।

नेकपा महासचिव विष्णु पौडेलले संविधानअनुसार आवश्यक कागजातसहित आयोगमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको हस्ताक्षरित निवेदन पेश गरिएको जानकारी दिए ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा पार्टी बनेकाले नेकपाले दल दर्ताका लागि निवेदन दिनु परेको हो ।

नेकपाको सचिवालय बैठकले प्रदेश, प्रतिनिधिसभा र स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुन दल दर्ता हुनुपर्ने नियमअनुसार आवश्यक प्रक्रिया पूरा गर्न महासचिव पौडेललाई जिम्मेवारी दिएको थियो ।

२६ भाद्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको