काठमाडौं : नेपाली कांग्रेसको अडानका कारण बिहीबार पनि नागरिकता विधेयक पारित हुन सकेन। संसद्को राज्य व्यवस्था समितिको बैठकमा सबै सांसदले धारणा राखेपश्चात सभापति शशी श्रेष्ठ विधेयक पारित गर्न आग्रह गरेकी थिइन्।
तर कांग्रेसले गृहमन्त्री रामबहादुर थापा समिति बैठक उपस्थित नभएकोले विधेयक पारित नगर्ने अडान लिएपछि नागरिकता विधेयक थाति रहेको हो। सभापति श्रेष्ठले गृहसचिव बैठकमा आएकाले उनको धारणा सुन्नसमेत सांसदहरूलाई आग्रह गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस