रोल्पाका स्थानीय नेता विश्व चौथोपटक गिरफ्तार, अर्घाखाँची लगियो


साउन २७, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका स्थानीय नेता तथा राप्ती ब्युरो सदस्य लालबहादुर ओली ‘विश्व’ पुन: गिरफ्तार भएका छन् । यो संगै उनलाई चौथो पटक गिरफ्तार गरिएको हो ।

लालबहादुर ओली ‘विश्व’

उनलाई छाड्न सर्वोच्च अदालतले तेस्रो पटक आदेश दिएको थियो। तर अदालतको आदेशसँगै जिल्ला प्रशासन कार्यालय प्युठानबाटै ओलीलाई सोमबार पुन: गिरफ्तार गरी अर्घाखाँचीको सन्धिखर्क लगिएको छ ।

लालबहादुर ओली ‘विश्व’लाई बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै आइतबार रिहा गर्न सर्वोच्चले आदेश दिएको थियो । रिट निवेदनमाथि आइतबार भएको बहसमा माननीय न्यायधिस मिरा खड्का र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले लाल बहादुर ओली अपराधिक कार्यमा संलग्न नरहेको ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो ।

४८ वर्षीय लालबहादुरलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको भन्दै तत्काल रिहाइको मागसहित लालबहादुर पुत्र विनोद वलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

रोल्पाको गंगादेव गाउँपालिका -३ का स्थायी बासिन्दा ओलीलाई प्रहरीले पटकपटक पक्राउ गर्दै आएको छ । विश्वसहित ३ जना नेतालाई गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गाडीबाट गिरफ्तार गरिएको थियो ।

रोल्पामा प्रहरीले ओलीलाई संगठित अपराध र एनसेल टावर आगजनीसम्बन्धि मुद्दा लगाएको थियो । सर्बोच्च अदालतमा दोस्रोपटक परेको बन्दि प्रत्यक्षिकरणको रिटमाथि सुनुवाई गर्दै गैरकानुनि र प्रबित्त भावना राखी थुनामा राखेको भन्दै साउन १० गते दोस्रोपटक छाड्न सर्वोच्चले आदेश दिएको थियो । रिहा लगत्तै ओलीलाई जिल्ला अदालत रोल्पाको परिसरबाटै तेस्रोपटक पक्राउ गरि प्युठान पुर्याइयो । उनलाई जिल्ला प्रसासन कार्यालय प्युठानमा सार्वजनिक मुद्दा लगाइएको थियो ।

उनि संगै गिरफ्तार भएका सल्यानका चन्द्रबहादुर खड्का ‘असल’ र चुडामणि ओली ‘आदर्श’ यस आघि नै रिहा भैसकेका छन् । उनीहरु दुवैजनालाई सुनसरी जिल्ला अदालतले साधारण तारिकमा रिहा गरेको थियो ।

२७ श्रावण २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको